सुन प्रकरणलाई लिएर रास्वपाले गृहमन्त्रीको राजीनामा माग्दैन : सभापति लामिछाने
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करीको जालो निरन्तर चलिरहेको प्रस्ट भएको बताएका छन् । 'त्यो कुन ढङ्गको मिलेमतो हो त्यो चाहिँ अनुसन्धानबाट मात्रै खुल्छ,' उनले भने ।
विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै उनले यही कारण गृहमन्त्रीको राजीनामा माग्ने कुरा आफूहरूको एजेन्डा नरहेको बताए । 'राजीनामा माग्ने सामान्य होइन । सरकारकै निकायले पत्ता लगाएको हो । हामीले राजीनामा माग्ने हो भने दिएपछि मात्रै रोकिने हो,' उनले भने ।
रास्वपा आफ्नै लाइनमा रहेको बताउँदै उनले कुनै पनि दलको एजेन्डासँग लिनु दिनु नरहेको बताए । मुलुकमा संवैधानिक सर्वोच्चता आफूहरूको लाइन भएको भन्दै भागबन्डामा देशका महत्त्वपूर्ण पदहरूमा नियुक्ति गर्ने परिपाटी आपत्तिजनक रहेको उनले बताए ।
सङ्घीय संरचनाको रेट्रोफिट गर्न आवश्यक रहेको बताउँदै उनले कार्यकर्तालाई मिलाउने गरी बनाएको प्रदेश संरचना पुनर्संरचना गर्नुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
४ सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र
-
भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन – सचेतक परियार
-
रोपाइँमा व्यस्त हुन थाले पूर्वआईजीपी खापुङ
-
विश्वकप : कुन टोलीको जर्सी उत्कृष्ट ?
-
न्यौपानेलाई एक भोट अन्तरले हराउँदै कास्की रास्वपा सभापतिमा अधिकारी विजयी
-
सरकारी निकायमा हुने गरेका सेटिङ’ र बिचौलियातन्त्र अन्त्य हुँदैछ – मन्त्री तिमिल्सिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण