सुन प्रकरणलाई लिएर रास्वपाले गृहमन्त्रीको राजीनामा माग्दैन : सभापति लामिछाने

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करीको जालो निरन्तर चलिरहेको प्रस्ट भएको बताएका छन् । 'त्यो कुन ढङ्गको मिलेमतो हो त्यो चाहिँ अनुसन्धानबाट मात्रै खुल्छ,' उनले भने ।
विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै उनले यही कारण गृहमन्त्रीको राजीनामा माग्ने कुरा आफूहरूको एजेन्डा नरहेको बताए । 'राजीनामा माग्ने सामान्य होइन । सरकारकै निकायले पत्ता लगाएको हो । हामीले राजीनामा माग्ने हो भने दिएपछि मात्रै रोकिने हो,' उनले भने ।
रास्वपा आफ्नै लाइनमा रहेको बताउँदै उनले कुनै पनि दलको एजेन्डासँग लिनु दिनु नरहेको बताए । मुलुकमा संवैधानिक सर्वोच्चता आफूहरूको लाइन भएको भन्दै भागबन्डामा देशका महत्त्वपूर्ण पदहरूमा नियुक्ति गर्ने परिपाटी आपत्तिजनक रहेको उनले बताए ।
सङ्घीय संरचनाको रेट्रोफिट गर्न आवश्यक रहेको बताउँदै उनले कार्यकर्तालाई मिलाउने गरी बनाएको प्रदेश संरचना पुनर्संरचना गर्नुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता