शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

विभिन्न कार्यक्रमका साथ मनाइयो आम जनता पार्टीनिकट आइटी आर्मीको दोस्रो वार्षिक साधारणसभा

शनिबार, ०६ साउन २०८०, १० : ०९
शनिबार, ०६ साउन २०८०

रौतहट । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) निकटको आइटी आर्मीले दोस्रो स्थापना दिवसको अवसरमा विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गरेको छ । 

काठमाडौँ स्थित पशुपतिनाथ मन्दिर परिसरमा सरसफाइ  देखि देशैभरि विभिन्न कार्यक्रम गरी आइटी आर्मीले दोस्रो स्थापना दिवस मनाएको हो । 

पशुपतिनाथ मन्दिर क्षेत्रसँगै कैलाश डाँडा क्षेत्रमा आइटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहको नेतृत्वमा रहेको टोलीले शुक्रवार सरसफाइ गरेको थियो । यसैगरी स्थापना दिवसकै अवसरमा आजपाका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले रौतहटको ऐतिहासिक गुजरामाई पार्कको उद्घाटन तथा वृक्षारोपण गरेका छन् ।

त्यसैगरी आइटी आर्मीका केन्द्रीय सदस्य राजनिश प्रसाद कुशवाहाको पहलमा मधेस प्रदेशको वीरगन्जको विभिन्न ठाउँहरूमा ३ सय भन्दा बढी आवश्यक गरिब, असहाय र भोकाहरूलाई खाना वितरण गरेको छ । 

सप्तरी जिल्ला कमिटीद्वारा राजविराजको गजेन्द्र नारायण सिंह प्रादेशिक अस्पतालमा ५० जनाभन्दा बढी बिरामीहरूलाई फलफूल वितरण गरेको छ । 

FB_IMG_1689997667795

यता रौतहट जिल्ला कमिटीको आयोजनमा अन्तर्क्रिया तथा वृक्षारोपण कार्यक्रम, बारा जिल्ला कमिटीद्वारा कलैया प्रादेशिक अस्पतालमा ४५ जनाभन्दा बढी बिरामीहरूलाई फलफूल वितरण, सर्लाही, वीरगन्ज, बर्दिबास, नवलपरासी, धनुषा, काभ्रे, सिराहा लगायत देशका दर्जनौँ ठाउँहरूमा रंगोली बनाएर दीप प्रज्वलन लगायतका सामाजिक कार्यहरू सहित हर्षोल्लास पूर्वक स्थापना दिवस मनाइएको छ ।

FB_IMG_1689997653832

आइटी आर्मी सप्तरीले अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरेको छ । राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा भर्ना भएका बिरामीहरूलाई फलफूल वितरण गरिएको सङ्गठनले जनाएको छ । बिरामीहरूलाई स्वास्थ्य लाभको कामनासहित फलफूल वितरण गरिएको सङ्गठनका जिल्ला अध्यक्ष दिलीप कुमार साहले बताए ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्रका जिल्ला अध्यक्ष धीरेन्द्र कुमार दास, सचिव सञ्जय शर्मा, अस्पतालका कर्मचारी धनेश्वर साह, सङ्गठनका जिल्ला अध्यक्ष दिलीप कुमार साह, आम जनता पार्टीका जिल्ला सचिव सुनिल राज दास, सङ्गठनका सदस्यहरू सन्तोष कुमार साह, रामकुमार साह लगायतको सहभागिता रहेको थियो ।

FB_IMG_1689997682057

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप