सत्य कुरा
शनिबार, ०६ साउन २०८०, १० : १९
आफ्नै घर मन्दिर हो भाइ, सत्य कुरा बुझौँ
देउता नै पुज्छौ भने, बुबा आमालाई पुजौँ
चामल, घिउ, तेल जलाउँछौ, ॐ स्वाहा भन्दै
पत्थर माथि दूध चढाउँछौ, १०८ गन्दै
बुबा आमा घरमा भोकै, मन्दिरमा दिन्छौ चन्दा
देखावटी धर्म गर्छौ तिमी, मनमा अर्कै धन्दा
श्रीमतीको गाला चाट्छौ, बुबा आमालाई गाली
धर्म हुँदैन मठ मन्दिरमा, लाखौँ पैसा फाली
असली देउता घरमै छाडी, नक्कली मन्दिर जान्छौ
धर्म हुँदैन ढुंगा माथि मिथ्या भेट चढाउँछौ
के पाउँछौ जिउँदो हुँदा, बुबा आमालाई रुवाएर
लाखौँ पैसा खर्च गरी ढुंगामा भेट चढाएर
तिनै लोक जित्छौ हामी, आमा बुबालाई खुवाएर
कसले खान्छ मरेपछि, सोह्र श्राद्ध मनाएर
आफ्नै घर मन्दिर हो दाइ, सत्य कुरा बुझौँ
देउता नै पुज्छौ भने, बुबा आमालाई पुजौँ ।
कलैया, बारा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा गाडी बेपत्ता : खोजीमा सशस्त्र प्रहरीका गोताखोर परिचालन
-
बालश्रममुक्त १३ स्थानीय तहलाई सम्मान
-
सर्वोच्चमा मुद्दाको चाप बढ्यो, किन बढ्न सकेन सुनुवाइको गति ?
-
अटेरी १५ मेडिकल कलेज, अझै बुझाएनन् तीन करोड बढी बक्यौता
-
जित्नै लाग्दा हार्न पुगेका दुई अफ्रिकी टिम, पोर्चुगल र क्रोएसियामा कुन बलियो ? (भिडियो)
-
कर्णाली राजमार्गमा फेरि अर्को दुर्घटना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण