मन
समयको दोष कि तिम्रो
आखिर मन के रहेछ
उडिरहन्छ एकोहोरो
दोषी तिमी कति भनूँ
निर्दोष कति, भनूँ कसलाई ?
एकोहोरो बगिरहने त्यो,
कोशी जस्तै तिमी किन बनेनौ ?
नदीको गर्भमा शालिग्राम बोक्ने,
कालीगण्डकी तिमी किन भएनौ ?
नबुझेर पनि हैन
जानी जानी किन यस्तो भयो ?
ती च्याङ्गबाको मन हेर त
ती आपाहरू कति स्थिर छन्
समयले तिमीमा परिवर्तन आयो कि ?
बदलिएको मनले मेरो मनमा सुनामी ल्याउँदा
तिमी किन हाँसिरहन्छौ ?
लेतेको ढुङ्गा र माटो नमिले जस्तो मेरो मन
थरथरिन्छ हावाको झोक्कामा
तिमी बगिरहन्छौ काली जस्तै शान्त बनेर किन ?
कोर्रा हानेका छैनौ होला
थिल्थिलिएको छु म भित्रभित्रै
देखेको छैन नेलकाँटी पयरमा
बाँधिएको छु समाजमा बन्धनले
निधारामा मूल्यको ट्याग नहोला
बेचिएको छु प्रत्येक पल
टेक्छु यही माटोमा
भासिन्छ किन ?
हिँड्छु राजमार्गमा एकोहोरिएर
आफ्नै शरीरमा टेके जस्तो लाग्छ किन ?
बदलिएका छन् दृश्य
फेरिएका छन् चित्र
रङ बदलेको छ भूगोलले
आँखाले बदलिएको मनलाई
छिटै चिनेन कि ?
नयाँ दुलहीको त्यो पहिलो रातको मन
भैंसालोटनमा झैँ फुटेको छ चिरा परेर
कोहिनुरको खोजीमा म
धड्कन बिनाको शरीर जस्तै
भन्छु परिवर्तित नबन
आकाशमा उडेको,
मालचरी जस्तै थकित म
समयले अपमानित किन बनाउँछ ?
किन बनाउँछ ??
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण