एनआरएनए यूकेमा 'फेस भेरिफिकेशन' प्रक्रियाद्वारा मतदान हुँदै
लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अनलाइन मतदान सुरु भएको छ । आज शनिबार बिहान ६ बजे सुरु भएको अनलाइन मतदान राती मध्यरातसम्म खुला रहनेछ।
आगामी दुई वर्षे नेतृत्व चयनका लागि अहिले मतदान भइरहेको मतदानमा ४ हजार १ सय ८३ सदस्य मतदाता रहेका छन् । एनआरएनए यूकेमा पहिलोपटक क्यामेराको सहायतामा फेस भेरिफिकेसन प्रविधिको प्रयोग गरी मतदान गराइएको हो ।
सन् २०२३-२५ को कार्यकालका लागि कार्यसमितिका अधिकांश पद निर्विरोध भए पनि अध्यक्ष, दुई उपाध्यक्ष, उपाध्यक्ष (स्कटल्याण्ड), महासचिव, सहकोषाध्यक्ष, युवा संयोजक र चार आईसीसी सदस्य पदमा भने निर्वाचन हुन लागेको छ । त्यस्तै, इंग्ल्यान्ड र स्कटल्याण्डमा राज्य समन्वय परिषद्को अध्यक्ष पदमा पनि मतदान भइरहेको छ ।
एनआरएनए यूकेको अध्यक्षमा दिनेश घिमिरे, डा. नारायण कँडेल र हित काजी गुरुङबीच प्रतिस्पर्धा छ । अनलाइन मतदान गराउने कम्पनी ‘भेरो’ले मतदान प्रक्रियाको जिम्मा लिएको र मतदान सम्पन्न भएको तीन घण्टाभित्र नतिजा उपलब्ध गराउने बताएको छ ।
भोलि आइतबार लन्डनस्थित ह्यारोमा नवनिर्वाचित कार्यसमितिको शपथग्रहण कार्यक्रम राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण