जलेश्वर भन्सारको राजस्व असुलीमा कमी
शनिबार, ०६ साउन २०८०, १७ : ३४
महोत्तरी । महोत्तरीको प्रमुख भन्सार कार्यालय जलेश्वरको राजस्व असुलीमा २२ प्रतिशतले कमी आएको छ । जलेश्वर भन्सारले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यभन्दा कम राजस्व असुली गरेको हो ।
जलेशवर भन्सार कार्यालयका प्रमुख अमित पौडेलका अनुसार भन्सार विभागले आर्थिक वर्ष २०७९÷८० मा रु तीन अर्ब ६३ करोड ९१ लाख राजस्व असुलीको लक्ष्य दिएकामा रु दुई अर्ब ८१ करोड ७३ लाख मात्रै असुल गरेको छ । आर्थिक वर्ष २०७८/७९ भन्दा २२ प्रतिशत अर्थात् रु ८२ करोड कम राजश्व असुल भएको छ ।
प्रमुख पौडेलका अनुसार यस वर्ष उक्त नाकाबाट पेट्रोलियम पदार्थ ढुवानीमा कमी, आलु र प्याज ढुवानीमा कमीलगायत कारणले राजस्व कम असुल भएको हो । जिल्लाको छोटी भन्सार नाका मटिहानी, सम्सी, रघुनाथपुर र कट्टीकटैया सञ्चालनमा नआउँदा समेत राजस्व असुली प्रभावित बनेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
-
काठमाडौँ महानगरमा आगामी आर्थिक वर्षका लागि बहाल करको दर हेरफेर
-
राप्रपा केन्द्रीय समिति बैठक आजदेखि, एक समूहद्वारा बहिष्कारको तयारी
-
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
-
तीन मौसमी वायुको प्रभाव : आज कुन-कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
क्यानडाद्वारा कतार ६–० ले पराजित, जोनाथन डेभिडको सानदार ह्याट्रिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण