मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शनिबार सरकारी सवारी दुरुपयोग गर्ने ट्राफिकको नियन्त्रणमा

शनिबार, ०६ साउन २०८०, १८ : २१
शनिबार, ०६ साउन २०८०

बुटवल । रुपन्देही जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख दीपेन्द्र ढकाल सवार सरकारी गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार विद्यालय अनुगमनको बहानामा प्रशासनको पास बिना गाडीमा सवार भएको अवस्थामा ट्राफिक प्रहरीले गाडी नियन्त्रणमा लिएको हो ।

पासबिनाको जिल्ल शिक्षा समन्वयको बा २ झ १०१० नम्बरको सरकारी गाडी नियन्त्रणमा लिइएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका  नियन्त्रणमा लिएको प्रहरी निरीक्षक साकार राज पन्तले राताेपाटीलाई बताए ।  गाडी जिल्ला प्रशासनका बुझाइदिने र सरकारी दुरुपयोगको अभियोगमा प्रशासनबाटै कारबाही हुने जानकारी दिए ।

शनिबारको दिन सरकारी गाडीको दुरुपयोग गर्दै शिक्षा समन्वय प्रमुख ढकाल पाल्पाको नुवाकोट पुगेका थिए । उनले जिल्ला प्रशासन कार्यालयको अनुमति विना शनिबार सरकारी गाडी लिएर घुमफिर र खानपानमा हिँडेको खबर आए लगत्तै प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको निर्देशनमा ट्राफिक प्रहरीले गाडी नियन्त्रणमा लिएको राताेपाटीलाई बताए । शनिबार बिहान बुटवलबाट केबलकार चढेर वसन्तपुर घुम्न पुगेका उनी दिउँसो पाल्पाको नुवाकोटमा पुगेर  रम्दै गरेको अवस्थामा फेला परेका थिए ।

उनीसँगै केही निजी विद्यालय सञ्चालकहरू पनि साथमा रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप