योजनाको ठेक्का कात्तिकभित्रै लगाउन मन्त्री सिंहको निर्देशन
सुर्खेत । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले जुम्लाका कार्यालय प्रमुखहरूलाई बजेट कार्यान्वयनमा लाग्न निर्देशन दिएका छन् ।
पुल, भवन, शिक्षा तथा स्वास्थ्यका संरचनालगायतका विभिन्न योजनाको अनुगमन तथा निरीक्षणका लागि शनिबार जुम्ला पुग्नभएका उनले चालु आर्थिक वर्ष २०८०÷८१ को बजेट कार्यान्वयनमा प्रदेश सरकारले लिएको लक्ष्य हासिल गर्न आग्रह समेत गरे । उनले कार्यालय प्रमुखले राखेका गुनासो सम्बोधनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
जिल्लामा रहेका प्रदेशका कार्यालयले गर्नुपर्ने कामका बारेमा जानकारी दिँदै मन्त्री सिंहले भने, “प्रदेश सरकारको बजेट पारित भइसकेको छ । अब तत्कालै बजेटको अख्तियारी आउँछ । तोकिएका योजनाहरूको काम समयमै सम्पन्न र कुनै पनि योजनाको ठेक्का कात्तिकभित्रै गर्नका लागि कार्यालय प्रमुख नियमित हुनुको साथै दत्तचित्त भएर लाग्नुपर्दछ ।”
उहाँले जनतालाई सेवा प्रवाह गर्ने कुरामा कुनै पनि कमजोरी नगर्न र विशेषगरी सुशासन कायममा जोड दिन कार्यालय प्रमुखसहितका कर्मचारीलाई सुझाएका थिए । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले कार्यालय प्रमुखहरूको काममा सहजीकरण, उनीहरूको नियमितता, जिल्लाको शान्ति सुरक्षा र सुशासन कायम गर्नतर्फ आफ्नो भूमिकालाई सघन बनाउने बताए ।
जिल्लाको अनुमगन तथा निरीक्षणका क्रममा मन्त्री सिंहले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा मुलुककै जेठो प्राविधिक विद्यालय कर्णाली प्राविधिक शिक्षालय, नेपाल पत्रकार महासङ्घ जुम्लाको भौतिक संरचनाको अवलोकन गर्नुका साथै जुम्ला पातारासी गाउँपालिका–५ ल्होर्पाको निर्माणाधीन र तीन नम्बर वडाको ठेक्काका लागि तयारी भएको पुलसमेत निरीक्षण गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण