भारतमा दुई नेपाली बालिकामाथि सामूहिक बलात्कार गर्नेलाई जन्मकैद
बलरामपुर । नेपालका दुई नाबालिगमाथि सामूहिक बलात्कार गरेको आरोपमा उत्तर प्रदेशको विशेष अदालतले तीन जनालाई जन्मकैदको सजाय सुनाएको छ । अर्का एक जनालाई सात वर्षको जेल सजाय सुनाइएको भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ ।
न्यायाधीश जहेन्दपाल सिंहले शुक्रबार साँझ फैसला सुनाउँदै चन्दर भनिने रामचन्द्र पासवान, राजेन्द्र पासवान र राकेश पासवानलाई ६५–६५ हजार भारतीय रुपैयाँ र पिन्टुलाई १५ हजार ५ सय भारतीय रुपैयाँ जरिवाना पनि सुनाएका हुन् । उनीहरुलाई प्रोटेक्सन अफ चिन्ड्रेन फ्रम सेक्सुअल अफेन्सेस (पोस्को) लगायत विभिन्न धाराहरुमा दोषी करार गरिएको छ ।
वकिल पवनकुमार शुक्लाकाअनुसार चार जनाविरुद्ध हरैया प्रहरी चौकीमा सन् २०२२ को जुन २६ मा उजुरी दर्ता भएको थियो । नेपाल र भारतको सीमामा रहेको बजारमा सामान किन्न आएका दुई नाबालिगमाथि चार जना मिलेर सामूहिक बलात्कार गरेका थिए । प्रहरीले चारै जनालाई पक्राउ गर्दै अदालतमा मुद्दा दर्ता गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण