गगनलाई मिनेन्द्रको सुझाव : संसदीय दलको नेतामा मन नडुलाउनुस्
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजालले महामन्त्री गगन थापालाई संसदीय दलको नेता बन्ने चाहना नराख्न सुझाव दिएका छन् । आइतबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उनले सभापति शेरबहादुर देउवा र महामन्त्री थापाको चाहना २०८४ मा पार्टी कसरी राम्रो बनाउने भएपनि केही विषयमा कुरा नमिलेको बताए ।
‘महामन्त्री थापालाई सुझाव । सभापतिजी पनि चाहनुहुन्छ २०८४ मा पार्टी राम्रो बनोस्, बलियो बनोस्, महामन्त्री पनि चाहनुहुन्छ २०८४ सम्म मज्जैले अगाडि लैजान सकौं भनेर’, उनले भने । रिजालले अगाडि भने, ‘कहाँनेर इन्ट्रेस्ट मिलेन भनेर खोज्दै जाँदाखेरि संसदीय दलमा धेरै मन डुलाएजस्तो पाइयो, त्यतातिर मन नडुलाए सभापति र महामन्त्रीको ध्यान एकैतर्फ हुन्छ जस्तो लाग्यो ।’
उनले महामन्त्रीको कार्यतालिकामाथि पनि प्रश्न उठाए । उनले भने, ‘ ‘नेताहरुको जन्मजयन्ती र स्मृतिमा कार्यक्रम गर्ने जिम्मा प्रदेशलाई दिनुपर्छ । प्रदेशले कुन प्रदेशमा कुन नेताका नाममा कार्यक्रम गर्ने भनेर काम गर्न सजिलो हुन्छ ।’
सहमहामन्त्रीलाई कलस्टर अनुसारको जिम्मेवारी दिनुपर्ने रिजालले बताए । शहर र राजमार्ग क्षेत्रमा कांग्रेसको मत घटेको भन्दै उनले त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण