गगनलाई मिनेन्द्रको सुझाव : संसदीय दलको नेतामा मन नडुलाउनुस्

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजालले महामन्त्री गगन थापालाई संसदीय दलको नेता बन्ने चाहना नराख्न सुझाव दिएका छन् । आइतबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उनले सभापति शेरबहादुर देउवा र महामन्त्री थापाको चाहना २०८४ मा पार्टी कसरी राम्रो बनाउने भएपनि केही विषयमा कुरा नमिलेको बताए ।
‘महामन्त्री थापालाई सुझाव । सभापतिजी पनि चाहनुहुन्छ २०८४ मा पार्टी राम्रो बनोस्, बलियो बनोस्, महामन्त्री पनि चाहनुहुन्छ २०८४ सम्म मज्जैले अगाडि लैजान सकौं भनेर’, उनले भने । रिजालले अगाडि भने, ‘कहाँनेर इन्ट्रेस्ट मिलेन भनेर खोज्दै जाँदाखेरि संसदीय दलमा धेरै मन डुलाएजस्तो पाइयो, त्यतातिर मन नडुलाए सभापति र महामन्त्रीको ध्यान एकैतर्फ हुन्छ जस्तो लाग्यो ।’
उनले महामन्त्रीको कार्यतालिकामाथि पनि प्रश्न उठाए । उनले भने, ‘ ‘नेताहरुको जन्मजयन्ती र स्मृतिमा कार्यक्रम गर्ने जिम्मा प्रदेशलाई दिनुपर्छ । प्रदेशले कुन प्रदेशमा कुन नेताका नाममा कार्यक्रम गर्ने भनेर काम गर्न सजिलो हुन्छ ।’
सहमहामन्त्रीलाई कलस्टर अनुसारको जिम्मेवारी दिनुपर्ने रिजालले बताए । शहर र राजमार्ग क्षेत्रमा कांग्रेसको मत घटेको भन्दै उनले त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेखाले युट्युबमा सुरु गरिन् कार्यक्रम ‘दोस्रो अध्याय’
-
जसपा सङ्घीय परिषद्को बैठक सुरु
-
त्रिवि परीक्षा नियन्त्रण कार्यालयले असार १५ गतेदेखि १० वटा सेवा अनलाइनमार्फत दिने
-
आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादी पक्राउ
-
संसद्मा बोल्न नपाएपछि प्रधानमन्त्रीको प्रतिप्रश्न– मज्जा लाग्यो ?
-
रास्वपाको विरोधपछि प्रधानमन्त्रीको प्रश्नोत्तर गर्ने कार्यक्रम स्थगित (तस्बिरहरू)