कांग्रेसले सत्तामा गएर भ्रष्टाचार गर्दैन : अर्थमन्त्री महत
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.प्रकाशशरण महतले आगामी निर्वाचनमा गठबन्धन गर्ने नगर्ने कुरा अहिले छलफलको विषय हुन नसक्ने बताएका छन्। आइतबारको केन्द्रीय कार्यसमिति बैठकमा भने, ‘सत्तामा नहुँदा निराश हुने र सत्तामा हुँदा किन बसेको भन्ने मानसिकतामा नजाऔं । आगामी निर्वाचनमा एक्लै जाने नजाने बहस र छलफलतर्फ जानुभन्दा हामी बलियो हुने अभियानमा जाऊँ।’
अर्थमन्त्रीसमेत रहेका महतले भ्रष्टाचारबारे कांग्रेसको दृष्टिकोण प्रष्ट रहेको पनि बताए । ‘भ्रष्टाचारमा कांग्रेसको के दृष्टिकोण छ। यो देशमा एमालेले शासन गर्यो, अरुले पनि शासन गरे। ती शासनकालमा के कस्ता क्रियाकलाप भए ? यी कुरा सबैलाई थाहा छ’, उनले भने ।
कांग्रेसले सत्तामा जाँदा भ्रष्टाचार गर्ने कुरा कल्पना पनि नसकिने बताए । ‘हाम्रो पार्टी चाहिँ भ्रष्टाचारविरुद्ध प्रतिवद्ध छैन। अरु दल छन् भन्ने भाष्य अहिले बनाइएको छ। शंका नहोस् कांग्रेसले सत्तामा गएर भ्रष्टाचार गर्दैन,’ उनले भने ।
उनले देश विकास अघि नबढेको कारण कांग्रेस नै हो भन्ने भाष्य नेता कार्यकर्ताहरुले सच्याउनुपर्ने बताए। ‘हामीमा मात्रै कमी कमजोरी छन्, अरु राम्रा छन् भन्ने मानसिकता छाडेमा देश बन्न सक्छ’, उनले भने, ‘पार्टी सभापतिको नेतृत्वमा गठबन्धनमा तलदेखि माथि हामी पहिलो छौँ। बीचमा सत्ता गुमेको निराशालाई चिरेर हामी एक ठाउँमा उभिएका छौँ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण