ललिता निवास प्रकरणमा नापी विभागका तत्कालीन कर्मचारी श्रेष्ठ समातिए
काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी दिनेश आचार्यले रातोपाटीलाई बताए ।
श्रेष्ठले सरकारी जग्गामा मोही जनाएर जग्गा मोहीको नाममा लैजान भूमिका खेलेको ब्युरोको अनुसन्धानबाट खुलेको छ । यससँगै ललिता निवास प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या अहिलेसम्म १९ जना पुगेको छ ।
अदालतको अन्तरिम आदेशले छुटकाहरुलाई पनि सर्वोच्च अदालतले शुक्रवार गरेको आदेशले पक्राउ गर्न बाटो खुलेको छ ।
हालसम्म पक्राउ पर्नेको सूची
१. मीन बहादुर गुरुङ । (भाटभटेनी सुपर मार्केटका संचालक, असार १२)
२. सुधीर कुमार शाह । पूर्व निर्वाचन आयुक्त ।
३. धर्म प्रसाद गौतम, शाखा अधिकृत ।
४.गोपाल कार्की, अवकाश प्राप्त खरिदार
५. शिवजी भट्टराई, तत्कालीन वडा सचिव (असार १७)
६.घमान कुमारी कार्की, नापी सर्वेक्षक ।
७.बाबुराजा महर्जन, नक्कली मोही ।
८.रमेश कुमार पोखरेल, समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख (असार १८)
९. देव नारायण महर्जन, मोही ।
१०.लोकहरी घिमिरे, समरजङ्ग कम्पनीको तत्कालीन प्रमुख (असार २४)
११.ध्रुब प्रसाद अर्याल, नापी सर्वेक्षक ।
१२. कृष्ण बहादुर राउत, सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव ।
१३. योगराज पौडेल, नासु डिल्लीबजार मालपोत । (असार २६)
१४. नारायणदास मिश्र, पूर्व खरिदार डिल्लीबजार मालपोत ।
१५ रुद्र प्रसाद श्रेष्ठ, महानिर्देशक भूमिसुधार तथा व्यवस्था विभाग । (असार २६)
१६. बालकृष्ण श्रेष्ठ, सिडिई भौतिक योजना तथा निर्माण मन्त्रालय ।
१७. विनोद पौडेल, सह लेखापाल समरजङ्ग कम्पनी । (असार २७)
१८.केशव तुलाधर, बिचौलिया । काठमाडौँ–३० असन । (असार ३१)
१९. अरुण कुमार श्रेष्ठ, कर्मचारी नापी विभाग । (साउन ७)
स्टे अर्डरमा छुटेका ।
१. कलाधर देउजा, प्रमुख डिल्लीबजार मालपोत ।
२. सुरेन्द्रमान कपाली, अधिकृत ।
३. हुपेन्द्रमणी केसी, शाखा अधिकृत ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण