शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर बजारप्रति कठोर केन्द्रीय बैंक : मार्जिन लेन्डिङको १२ करोडको सीमा कायमै

आइतबार, ०७ साउन २०८०, १४ : ४५
आइतबार, ०७ साउन २०८०

काठमाडौँ । धितोपत्र (सेयर) बजारप्रति केन्द्रीय बैंक अझै कठोर बनेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमाफर्त मार्जिन लेन्डिङको ४–१२ को सीमा खारेज हुने अपेक्षा राखिएपनि केन्द्रीय बैंकले उक्त व्यवस्थालाई बेवास्ता गरेको हो । 

चालु आर्थिक वर्षको मौद्रिक नीतिले मार्जिन प्रकृतिको कर्जाको सीमाको बारेमा केही बोलेको छैन । तथापि, यस्ता मार्जिन प्रकृतिको कर्जा, घरजग्गा कर्जा लगायत अटो (सवारी) कर्जामा हाल कायम जोखिम भारलाई भने परिमार्जन गरिने जनाएको छ । 

७५ प्रतिशतबाट एकैपटक दोब्बर बढाएर १५० प्रतिशतसम्म पुर्‍याइएको जोखिमभारलाई केही घटाउने संकेत भने केन्द्रीय बैंकले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप