महाकाली सिँचाइको नहरमा शव भेटियो
आइतबार, ०७ साउन २०८०, १४ : ४७
कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकीस्थित महाकाली सिँचाइको नहरमा एक शव भेटिएको छ । नहरमा बग्दै गरेको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
शव पहिचान गर्न तथा घटनाबारे अनुसन्धान गर्न प्रहरी निरीक्षक भरतराज गिरीको नेतृत्वमा टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।
यसैबीच भीमदत्त नगरपालिका–१३ दोधारा चादँनी झोलुङ्गे पुलबाट महाकाली नदीमा हाम फालेका युवकको प्रहरीले खोजी गरिरहेको छ । कृष्णपुर नगरपालिका–६ का २८ वर्षीय जनक भट्टले गए राति नौ बजे झोलुङ्गे पुलबाट हाम फालेका थिए ।
डिएसपी डाँगीका अनुसार भट्टसंगै झोलुङ्गे पुल पुगेका अर्का एक युवकलाई घटनाबारे अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । उनको खोजीमा सुरक्षाकर्मी र रेडक्रसको टोली खटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण