मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

महाकाली सिँचाइको नहरमा शव भेटियो

आइतबार, ०७ साउन २०८०, १४ : ४७
आइतबार, ०७ साउन २०८०

कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकीस्थित महाकाली सिँचाइको नहरमा एक शव भेटिएको छ । नहरमा बग्दै गरेको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

शव पहिचान गर्न तथा घटनाबारे अनुसन्धान गर्न प्रहरी निरीक्षक भरतराज गिरीको नेतृत्वमा टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।

यसैबीच भीमदत्त नगरपालिका–१३ दोधारा चादँनी झोलुङ्गे पुलबाट महाकाली नदीमा हाम फालेका युवकको प्रहरीले खोजी गरिरहेको छ ।  कृष्णपुर नगरपालिका–६ का २८ वर्षीय जनक भट्टले गए राति नौ बजे झोलुङ्गे पुलबाट हाम फालेका थिए । 

डिएसपी डाँगीका अनुसार भट्टसंगै झोलुङ्गे पुल पुगेका अर्का एक युवकलाई घटनाबारे अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । उनको खोजीमा सुरक्षाकर्मी र रेडक्रसको टोली खटिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप