बाँकेमा एक वर्षमा ४२ वन्यजन्तुको उद्धार
बाँके । डिभिजन वन कार्यालय बाँकेले गत आर्थिक वर्ष २०७९/८० मा विभिन्न प्रजातिका ४२ वन्यजन्तुको उद्धार गरेको छ । एक वर्षको अवधिमा घाइते, टुहुरा, बाटो बिराइ गाउँबस्तीमा प्रवेश गरेका तथा सङ्कटमा परेका विभिन्न प्रजातिका ४२ वन्यजन्तुको उद्धार गरिएको जिल्लास्थित वन कार्यालयले जनाएको छ ।
अधिकांश वन्यजन्तु जीवितै र केही मृतावस्थामा भएकालाई पनि उद्धार गरिएको कार्यालयका सूचना अधिकारी एवं सहायक डिभिजनल वन अधिकृत गणेश खड्काले बताए । उनका अनुसार अजिङ्गर, रशियल भाइपर, रेड स्यान्ड बो, मगर गोही, गोमन सर्प, चितुवाको बच्चा, रातो आसामी बाँदर, सुनगोहोरो, निल गाइको बच्चा, हुचिल, धामन सर्प, बँदेल, चित्तलको बच्चा, मृत चितुवा, मृत बाघलगायत वन्यजन्तुको विभिन्न स्थानबाट उद्धार गरिएको हो ।
त्यस्तै, करेत सर्प, निल गाईको बच्चा, हुचिल (वान उल), धामन सर्प, सालक र चित्तलको बच्चा १/१ वटा उद्धार गरिएको खड्काले जानकारी दिए । उनका अनुसार मृत अवस्थामा बँदेल, चितुवा र बाघ १र१ वटा उद्धार गरिएको छ । जीवितै उद्धार गरिएका वन्यजन्तुलाई जिल्लास्थित विभिन्न सामुदायिक वनमा पुनःस्थापना गरिएको बताउँदै केही वन्यजन्तुलाई बाँके राष्ट्रिय निकुञ्जमा पठाइएको खड्काले जानकारी दिए ।
घाइते वन्यजन्तुलाई वन कार्यालयमा राखेर औषधि उपचारपश्चात् पूर्णरूपमा निको भएपछि मात्र जङ्गलमा पुनःस्थापना गरिएको वन कार्यालयले जनाएको छ । जङ्गलमा आहाराको मात्रा कम हुनु, मानिसको बढी चहलपहल हुनु, बाटो बिराएर मानवबस्तीमा प्रवेश गर्नुलगायत कारणले वन्यजन्तु आफ्नो बासस्थानबाट बाहिर निस्किएर अलपत्र पर्ने गरेका उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
-
सुकुमबासीको व्यवस्थापनमा राज्य असक्षम देखियो : सचेतक धिताल
-
१० बजे १० समाचार : टेरामक्स खरिद प्रकरणमा पूर्वमन्त्री बस्नेतलाई ‘क्लिन चिट’, अख्तियारबाट प्रहरी अधिकृतहरूको एकाएक सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण