आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तान बाढी : १२ जनाको मृत्यु, ४० बेपत्ता

आइतबार, ०७ साउन २०८०, १५ : ४२
आइतबार, ०७ साउन २०८०

काबुल । मध्य अफगानिस्तानमा भीषण वर्षासँगै आएको बाढीमा परेर कम्तीमा १२ जनाको मृत्यु हुनका साथै अन्य ४० जना बेपत्ता भएका छन् । 

सरकारी प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार मैदान वर्दक प्रान्तको जलरेज जिल्लामा बाढीमा परेर १२ जनाले ज्यान गुमाएका तथा ४० जना बेपत्ता भएका छन् । बाढी प्रभावित क्षेत्रमा तत्काल सहायता परिचालन गरिएको छ । बाढीले केही स्थानमा आर्थिक क्षति पनि भएको छ । 

गत वर्षको अगष्टमा अफगानिस्तानको पूर्वी, मध्य, दक्षिणी र पश्चिमी क्षेत्रका धेरै प्रान्तमा परेको मुसलधारे वर्षाको कारण अचानक आएको बाढीपहिरामा परी एक सय ८० जनाको ज्यान गएको थियो भने कम्तीमा आठ हजार सर्वसाधारण विस्थापित भएका थिए । तीन हजारभन्दा बढी घर क्षतिग्रस्त भएका थिए ।-(रासस/एएफपी) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप