अफगानिस्तान बाढी : १२ जनाको मृत्यु, ४० बेपत्ता
आइतबार, ०७ साउन २०८०, १५ : ४२
काबुल । मध्य अफगानिस्तानमा भीषण वर्षासँगै आएको बाढीमा परेर कम्तीमा १२ जनाको मृत्यु हुनका साथै अन्य ४० जना बेपत्ता भएका छन् ।
सरकारी प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार मैदान वर्दक प्रान्तको जलरेज जिल्लामा बाढीमा परेर १२ जनाले ज्यान गुमाएका तथा ४० जना बेपत्ता भएका छन् । बाढी प्रभावित क्षेत्रमा तत्काल सहायता परिचालन गरिएको छ । बाढीले केही स्थानमा आर्थिक क्षति पनि भएको छ ।
गत वर्षको अगष्टमा अफगानिस्तानको पूर्वी, मध्य, दक्षिणी र पश्चिमी क्षेत्रका धेरै प्रान्तमा परेको मुसलधारे वर्षाको कारण अचानक आएको बाढीपहिरामा परी एक सय ८० जनाको ज्यान गएको थियो भने कम्तीमा आठ हजार सर्वसाधारण विस्थापित भएका थिए । तीन हजारभन्दा बढी घर क्षतिग्रस्त भएका थिए ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण