कामना सेवा विकास बैंकद्वारा सेनिटरी प्याड भेन्डिङ्ग मसिन जडान
काठमाडौँ । कामना सेवा विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना विभिन्न कार्यालयहरुमा सेनिटरी प्याड भेन्डिङ्ग मसिन जडान गरेको छ ।
दिगो विकासको लक्ष्य ( Sustainable Development Goal) अन्तर्गत बैंकले आफ्नो केन्द्रीय कार्यालयसहित विभिन्न कार्यालयहरुमा सो भेन्डिङ्ग मसिन जडान गरेको हो ।
उक्त मसिन जडान पश्चात बैंकका महिला कर्मचारीहरु तथा ग्राहकहरुले रजश्वलाको वेला उक्त सुविधा सहजै प्रयोग गर्न सकिने गरि विभिन्न कार्यालयहरुमा जडान गरिएको बैंकले जनाएको छ । बैंकले आफ्ना कार्यालयहरुलाई लैङ्गिकमैत्री बनाउने योजना अनुरुप महिला कर्मचारीहरु त्था ग्राहकहरुको स्वास्थ्य सहजताको लागि उक्त मसिनहरु जडान गरिएको जनाएको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि जनस्वास्थ्यको प्रवर्द्धन गर्न देशका विभिन्न स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम लगायतका अन्य स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु संचालन गरेको जनाएको छ ।
यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण