वर्षाले जोगियो अस्ट्रेलिया
म्यानचेस्टर । वर्षाले अन्तिम दिनको खेल रद्द हुँदा अस्ट्रेलियाले इंग्ल्याण्डविरुद्धको चौथो टेस्ट बराबरी गर्दै एसेज ट्रफी पुनः आफ्नो बनाउन सफल भएको छ । पाँच टेस्टको शृङ्खलामा अस्ट्रेलिया २–१ ले अघि रहेको छ ।
अर्को हप्ता ओभलमा हुने टेस्ट जित्दै अस्ट्रेलियासँग सन् २००१ पछि पहिलोपटक शृङ्खला जित्ने अवसर समेत रहेको छ । अन्तिम दिनको खेलमा अस्ट्रेलिया ५ विकेटको क्षतिमा २१४ रनको स्थितिमा रहेको थियो । टोली इंग्ल्याण्डभन्दा अझै ६१ रनले पछि थियो । इंग्ल्याण्ड अस्ट्रेलियाको बाँकी पाँच विकेट लिँदै शृङ्खला बराबरी गर्ने तरखरमा थियो । तर, वर्षाले अन्तिम दिन खेल नै सम्भव भएन ।
खेलमा पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो पालीमा ३१७ रन बनाएको थियो । जवाफमा इंग्ल्याण्डले प्लेअर अफ द म्याच घोषित ज्याक क्रलीको विस्फोटक १८९ रनको मद्दतले ५९२ रनको विशाल योगफल तयार गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण