कांग्रेसको आर्थिक र शैक्षिक नीति कार्यान्वयनमा पुनर्विचार गर्नुपर्छ : नेता सिटौला
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको आर्थिक र शैक्षिक नीति कार्यान्वयनमा पुनर्विचार गर्नुपर्ने बताएका छन् । आइतबार बिपी स्मृति दिवसको अवसरमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल केन्द्रीय क्याम्पस कीर्तिपुर एकाइद्वारा ओजित कार्यक्रमा सिटौलाको यस्तो बताएका हुन् ।
जनताको निराशालाई सम्बोधन गर्न कांग्रेसले आर्थिक र शैक्षिक नीति कार्यान्वयनमा प्राध्यापक एवं विज्ञको छलफलबाट आएको निष्कर्षको आधारमा पुनरावलोकन गर्नुपर्ने उनको भनाइ थियो । संविधानमा मौलिक हकको रूपमा राखेका प्रावधानहरु बिपीको समाजवादसँग नजिक रहेपनि कार्यान्वयन नभएकोले अब नयाँ ढङ्गले अघि बढ्नुपर्ने सिटौलाले बताए ।
सो कार्यक्रममा प्रा.डा. ओम शर्माले बीपीको सैद्धान्तिक र व्यावहारिक पक्षमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले आर्थिक नीति निर्माताले बिपीलाई अँगाल्नुपर्ने तथ्यगत आधार प्रस्तुत गरे । प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालका केन्द्रीय अध्यक्ष जगत तिमिल्सिनाले शिक्षा क्षेत्रलाई सरकारले प्राथमिकतामा पार्नु पर्नेमा जोड दिए ।
त्यस्तै सचिब विष्णु पोख्रेलले शिक्षामा राज्यले यथोचित ध्यान नदिदा विदेश पलायन बढेको र प्राध्यापकहरुलाई विचारमा बन्देज लगाउँदा लोकतान्त्रिक व्यवस्था कसरी बलियो हुन सक्छ भनी प्रश्न गरे । स्ववियु सभापति श्याम ओझाले शैक्षिक अवस्था सुधारमा जोड दिए । प्रा डा. खुम नारायण पौडेल र डा दिपेश घिमिरेले वैचारिक धरातल कमजोर भयो भने संगठन कमजोर हुने कुरा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण