व्यवसायीमाथि चक्कु प्रहार प्रकरणमा तीन जना पक्राउ
तेजेन्द्र के.सी
बुटवल । बुटवलमा व्यवसायीलाई चक्कु प्रहार गर्ने युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार बुटवलका कालिका पथमा एक निर्माण व्यवसायीलाई घेरा हालेर एउटा समूहले चक्कु प्रहार गरेको थियो ।
पक्राउ पर्नेमा बुटवलमा फलफूल व्यवसाय गर्ने अब्दुल कादिर, कृष्ण केसी र लोकबहादुर कुँवर छन् । इलाका प्रहरी कार्यालयका बुटवलमा प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले निर्माण व्यवसायी निर्मल खत्रीलाई कालिका पथमा घेरा हालेर कुटपिट गरी चक्कु प्रहार गर्नेमध्ये ३ जनालाई पक्राउ गरिएको र अन्यको खोजी भइरहेको बताए ।
निर्माणाधीन बुटवलको कालिका पथ सडकमा काली गण्डकी निर्माण कम्पनीका सञ्चालक डीबी खत्रीले सडक पिच गर्नका लागि कालोपत्रे लगाएर राखेका थिए । उक्त कालो पत्रे सडकमा स्थानीय व्यापारी अब्दुल कादरीले फलफूल बोकेको ट्रक चढाएपछि सडक भत्किएपछि भएको विवाद बढेर सांघातिक आक्रमणसम्म पुगेको प्रहरीको भनाइ छ ।
निर्माण व्यवसायी खत्रीले कादरीलाई भत्किएको सडकको क्षतिपूर्ति दिन माग गरेपछि कादिरले रकम लिन घरमा बोलाएका थिए । सहमति अनुसार रकम लिन गएका खत्रीका छोरा निर्मल खत्रीलाई कादिरले तीन दर्जन युवा बोलाएर कुटपिट गर्दै चक्कु प्रहार गरेका थिए ।
त्यस क्रममा स्थानीयले सटरमा लुकाएर खत्रीलाई बचाएका थिए । घाइते खत्रीको उपचार भइरहेको जनाइएको छ । फरार अभियुक्तको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण