सरकारले भ्रष्टाचार काण्डका दोषीहरुलाई निर्ममतापूर्वक कारबाही गर्नु पर्छः घनश्याम भुसाल
काठमाडौँ । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले सरकारले भ्रष्टाचार काण्डका दोषीहरुलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित ‘समाजवादी यात्राको चुनौती : भ्रष्टाचार र दण्डहिनता’ विषयक प्रवचन गोष्ठीमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी र सुन तस्करी प्रकरणमा संलग्न भ्रष्टहरुलाई कडा कारबाही गर्न सरकारलाई सचेत गराए ।
अव जन्मिने, जन्मिन सक्ने, जन्मिने लाईनमा रहेका भ्रष्टहरुको अहिलेनै भ्रुण तुहिनेगरी सरकारले भ्रष्टहरुमाथि कारबाही गर्नुपर्ने महासचिव भुसालको भनाइ थियो । उनले मुलुकबाट भ्रष्टाचार पूर्ण रुपमा नियन्त्रण गर्न हरेक पार्टी भित्रैबाट भ्रष्टाचारविरोधी अभियान सुरु गर्नुपर्ने बताए ।
उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठ जस्ता एक व्यक्तिले मात्रै भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने भएकाले पार्टी भित्रैबाट त्यस विरुद्ध अभियान छेडनुपर्ने बताए ।
‘समाजवादको यात्रालाई ठिक राख्ने हो भने कमरेड पार्टी स्वयमलाई भ्रष्टाचार विरोधी बनाउन सकिउन भने समाजवादको यात्रा सुरक्षित हुँदैन । एउटा गृहमन्त्री आएर, एउटा भाषण गरेर, एउटा गोष्ठी गरेर हुँदैन । हाम्रो गृहमन्त्री राम्रो गृहमन्त्री बन्ने कुराको, राम्रे कार्यक्रम गर्ने कुराको यो सबै कुराको कन्ट्रिब्युसन के होस भने समाजवादलाई ग्यारेन्टी गर्ने हो भने समाजवादी पार्टी चाहिन्छ’, उनले भने, ‘यदि समाजवादको ग्यारेन्टी गर्ने हो भने एक्लो प्रयासले हुँदैन । पार्टी भित्र त्यो विरोधी अभियान सुरु गर्नु पर्छ ।’
महासचिव भुसालले पपुलिज्मका लागि भ्रष्टाचार नियन्त्रण गर्ने कुरालाई अघि बढाउन नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण