२१ प्रतिशतले खुम्चियो निर्यात, नेपालले बेच्यो डेढ खर्बको सामान
काठमाडौँ । गत आर्थिक वर्ष २०७९/८० मा नेपालको निर्यात २१.४४ प्रतिशतले खुम्चिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको साउनदेखि असारसम्मको अवधिमा निर्यात खुम्चिएको हो ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट २ खर्ब रुपैयाँको निर्यात भएको थियो । जुन, गत आर्थिक वर्षमा जम्मा १ खर्ब ५७ अर्ब रुपैयाँको निर्यात भएको हो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २१.४४ प्रतिशतले कम हो ।
यस्तै, यस अवधिमा नेपालले विदेशबाट १६ खर्ब ११ अर्बको आयात गरेको छ । अघिल्लो आर्थिक वर्षमा नेपालले १९ खर्ब २० अर्बको आयात गरेको थियो । आयात समेत १६ प्रतिशतले खुम्चिएको छ ।
यस्तो अवस्थामा नेपालले वैदेशिक व्यापारमा गत आर्थिक वर्ष १४ खर्ब ५४ अर्ब रुपैयाँ घाटा ब्यहोरेको छ । व्यापार घाटा समेत १५.४५ प्रतिशतले खुम्चिएको छ । अघिल्लो आर्थिक वर्षमा १७ खर्ब २० अर्ब रुपैयाँको व्यापार घाटा नेपालले ब्यहोरेको थियो ।
यसैगरी, नेपालको वैदेशिक व्यापार समेट घटेको छ । १६.५८ प्रतिशतले वैदेशिक व्यापार खुम्चिँदा गत आर्थिक वर्षमा जम्मा १७ खर्ब ६८ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको छ । जुन, अघिल्लो आर्थिक वर्षमा २१ खर्ब २० अर्बको वैदेशिक व्यापार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण