सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
वैदेशिक व्यापार

२१ प्रतिशतले खुम्चियो निर्यात, नेपालले बेच्यो डेढ खर्बको सामान

सोमबार, ०८ साउन २०८०, १५ : १२
सोमबार, ०८ साउन २०८०

काठमाडौँ । गत आर्थिक वर्ष २०७९/८० मा नेपालको निर्यात २१.४४ प्रतिशतले खुम्चिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको साउनदेखि असारसम्मको अवधिमा निर्यात खुम्चिएको हो ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट २ खर्ब रुपैयाँको निर्यात भएको थियो । जुन, गत आर्थिक वर्षमा जम्मा १ खर्ब ५७ अर्ब रुपैयाँको निर्यात भएको हो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २१.४४ प्रतिशतले कम हो ।

यस्तै, यस अवधिमा नेपालले विदेशबाट १६ खर्ब ११ अर्बको आयात गरेको छ । अघिल्लो आर्थिक वर्षमा नेपालले १९ खर्ब २० अर्बको आयात गरेको थियो । आयात समेत १६ प्रतिशतले खुम्चिएको छ ।

यस्तो अवस्थामा नेपालले वैदेशिक व्यापारमा गत आर्थिक वर्ष १४ खर्ब ५४ अर्ब रुपैयाँ घाटा ब्यहोरेको छ । व्यापार घाटा समेत १५.४५ प्रतिशतले खुम्चिएको छ । अघिल्लो आर्थिक वर्षमा १७ खर्ब २० अर्ब रुपैयाँको व्यापार घाटा नेपालले ब्यहोरेको थियो ।

यसैगरी, नेपालको वैदेशिक व्यापार समेट घटेको छ । १६.५८ प्रतिशतले वैदेशिक व्यापार खुम्चिँदा गत आर्थिक वर्षमा जम्मा १७ खर्ब ६८ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको छ । जुन, अघिल्लो आर्थिक वर्षमा २१ खर्ब २० अर्बको वैदेशिक व्यापार भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप