राजस्वले माग्यो प्रहरीको सहयोग
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुनबारे अनुसन्धान गर्न राजस्व अनुसन्धान विभागले प्रहरीको सहयोग मागेको छ । ‘अनुसन्धानमा सहयोग गरिदिन आग्रह’ गरेर विभागले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको राजस्व अनुसन्धान विभागका एकजना उच्च अधिकारीले रातोपाटीलाई बताए ।
असार ३० मा हङकङबाट क्याथे प्यासेफिकको उडान मार्फत मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर ल्याएको ‘सुन’ राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । विभागको आग्र्रहपछि प्रहरी प्रधान कार्यालयले एकजना प्रहरी उपरीक्षक (एसपी)लाई खटाउने निर्णय गरेको छ ।
साउन ३ मा त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरिएको सुन करिब ८० देखि १ सय किलो रहेको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले दावी गरेका छन् । तर, उनले पत्र नपठाउँदा राष्ट्र बैंकले सुन गाल्ने र यकिन परिमाण निकाल्ने काम रोकिएको छ ।
सुन हङकङबाट मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’ बनाएर ल्याइएको थियो । राजस्व अनुसन्धान विभागले बरामद ८ पोका सुन राष्ट्रबैंकको टक्सार महाशाखामा पठाएको छ ।
राष्ट्र बैंकका अधिकारीहरुका अनुसार गालेपछि मात्रै सो सुनको परिमाण तौलिन मिल्छ । तर, गाल्ने प्रक्रिया शुरु गर्न राजस्व अनुसन्धान विभागको पत्र पठाउनुपर्छ ।
विभागको पत्र आएपछि मात्रै प्रक्रिया अघि बढाइने राष्ट्र बैंकको टक्सार महाशाखामा निर्देशक थानेश्वर आचार्यले रातोपाटीलाई बताए ।
उनले भने–‘पत्रबिना गाल्ने लगायतका काम अघि बढ्दैन । सुन प्रकरणमा अहिलेसम्म एकजना चिनियाँ र एकजना भारतीय नागरिकसहित १६ जनालाई पक्राउ गरिएको छ ।
सुन प्रकरणमा हालसम्म पक्राउ
१. रामकुमार भुजेल, दोलखा मेलुङ गाउँपालिका–३
२. दिलिप भुजेल, दोलखा मेलुङ गाउँपालिका–३
३. हर्कराज राई, भोजपुर अरुण गाउँपालिका–४
४. थाप्तेन छिरिङ, भारतिय नागरिक
५. राजेन्द्र राई, भन्सार एजेन्ट । (साउन २ मा प्रज्ञापनपत्र भरेर सुन जिम्मा लिएका)
६. अशोक लामा, ट्याक्सी चालक । (बा.२ च २३२४)
७. जीक्वाङ लिन, ४ साउनमा पक्राउ
८. राजन श्रेष्ठ, कोटेश्वरबाट
९. पुष्करराज भट्ट, सञ्चालक ट्रान्स ग्लोबस सर्भिस
१०. कृष्ण श्रेष्ठ
११. यादव पराजुली, भन्सार एजेन्ट–७८२ (७ साउनमा पक्राउ)
१२. सुदर्शन गौतम, भन्सार एजेन्ट
१३. रुक्मनी सुब्बा, भन्सार एजेन्ट
१४. सन्तोष चन्द, भन्सार अधिकृत
१५. कुमार ढकाल, जाँचकी (त्रिभुवन विमानस्थल भन्सार कार्यालय)
१६. सरोज श्रेष्ठ, नायब सुब्बा (एक्स–रे हेर्ने, त्रिभुवन विमानस्थल भन्सार कार्यालय)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण