समायोजन भएका कर्मचारीलाई फिर्ता नपठाउनु : स्वास्थ्य मन्त्रालय
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यका कर्मचारीहरूलाई साबिक बमोजिम हाजिर गराई व्यवस्थापन गर्न आग्रह गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समायोजन भएका कर्मचारीहरूको व्यवस्थापनसम्बन्धी मूल परिपत्र समेतलाई ध्यानमा राख्न आग्रह गर्दै भनिएको छ– प्रचलित कानूनी व्यवस्थाअनुसार समायोजन भएका कर्मचारीहरूलाई फिर्ता गर्ने कानूनी आधार स्थानीय तहसँग नभएकोले निजहरूलाई साबिक बमोजिम हाजिर गराउनु ।
“कर्मचारी समायोजनपश्चात् स्थानीय तहहरूको दोहोरो सहमतिका आधारमा कामकाजमा खटाइएका कर्मचारीहरुमध्ये स्वीकृत दरबन्दी भन्दा बढी स्वास्थ्य कर्मचारीहरूलाई तत् तत् स्थानीय तहमा साउन १ देखि लागू हुने गरी काज फिर्ता गर्ने निर्णय कार्यान्वयनको लागि पत्राचार भएको ब्यहोरा अवगत नै छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सोही बेहोराको परिपत्र सामान्यले २ साउनमै सबै स्थानीय तहलाई पठाइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण