कैलारी गाउँपालिकाका ११ कर्मचारी हटाइए
धनगढी । कैलारी गाउँपालिकाले आफ्ना ११ जना कर्मचारीलाई सेवाबाट हटाएको छ । गाउँपालिकामा २०७४ देखि कार्यरत कर्मचारीहरुलाई साउन १ गतेदेखि सेवाबाट हटाइएको हो ।
सेवाबाट हटाइएका कर्मचारीले भने बिना कारण आफूहरुलाई निष्कासन गरिएको भन्दै आपत्ति जनाएका छन् । उनीहरुले आफ्नो पुनर्वहालीसहितका माग राख्दै गाउँपालिकालाई सोमबार ज्ञापनपत्र समेत बुझाएका छन् ।
गाउँपालिकाका कार्यवाहक अध्यक्ष धोजहरिपाल बोहरालाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, ‘बिना कारण र बिना विकल्प सेवाबाट हटाउने गरी गरिएको निर्णयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । जसबाट हामी निकै दुःखी भएका छौँ ।’
उनीहरुले आफूलाई हटाउने निर्णय फिर्ता लिन पनि माग गरेका छन् । आफूहरुलाई पुनर्बहाली गर्नुपर्ने, कार्य सम्पादन मूल्याङ्कन गर्नुपर्ने, समावेशी विकास कार्यक्रमलाई निरन्तरता दिनुपर्ने र आर्थिक भारको कारण भए त्यसको अन्य विकल्प खोजी समाधान गर्नुपर्ने उनीहरुको माग छ ।
कैलारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर ऐरले गाउँ कार्यपालिकाले करार कर्मचारीको करार म्याद साउनदेखि नवीकरण नगर्ने निर्णय गरेको सुनाए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण