औषधि पसल अनुगमन गर्न गएको टोलीलाई व्यापारीले थुने
सुनसरी । औषधि पसल अनुगमन गर्न गएको प्रशासनको टोलीलाई इनरुवाका व्यापारीले थुनेका छन् ।
मेडिकल पसल सञ्चालकसहित स्थानीय व्यापारीको टोलीले जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत केशव खतिवडाको टोलीलाई २ घण्टा बढी थुनेका हुन् ।
गृहको पत्रानुसार औषधि पसल अनुगमन गर्न पुगेको टोलीले कागजात खोज्ने क्रममा विवाद चर्केपछि मेडिकल सञ्चालक तथा व्यापारीहरु आन्दोलनमा उत्रिएका थिए । सो क्रममा अनुगमन टोलीमाथि हातपातको प्रयास भएको बताइएको छ । औषधी व्यवसायी र व्यापारीको अवरोधका कारण बाहिर निस्कन नसकेको अनुगमन टोलीलाई प्रहरीले सुरक्षा दिएर प्रशासनसम्म पु¥याएको थियो ।
व्यापारीहरुले ओषधि पसल बन्द गर्ने धम्की समेत दिएका छन् । प्रदर्शनमा उत्रिएका नेशनल मेडिसिन सेन्टरका सञ्चालक योगेन्द्र मेहताले अनुगमन टोलीको शैलीमाथि प्रश्न उठाउँदै आन्दोलनमा उत्रिनुपरेको प्रतिक्रिया दिए । उनले अनुगमनमा सहभागी जिल्ला अस्पतालका इनरुवाका निमित्त मेसु डाक्टर देवराज घिमिरे घटनाको कारक भएको बताए ।
यता अनुगमन टोलीको नेतृत्व गरेका प्रशासकीय अधिकृत केशव खतिवडाले औषधि व्यवसायीको रवैया ठिक नभएको प्रतिक्रिया दिए ।
उनले अनुगमन टोलीमाथि व्यापारी, व्यवसायीको अवरोध र आक्रमण प्रयास निन्दनीय रहेको बताए ।
खतिवडाले अनुगमनका क्रममा अधिकांश औषधि पसलहरु मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएकाले पुनः अनुगमन गरी कारबाहीको प्रक्रियामा ल्याउने बताए ।
यता घटना पश्चात् जिल्ला प्रशासन कार्यालय सुनसरीले अनुगमन प्रतिवेदन तयार पारी घटना छानबिन गरी दोषी उपर कारबाही थाल्ने जनाएको छ ।- (न्युज एजेन्सी नेपालबाट)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण