बैंकहरुले सडकले नछोएको जग्गा धितोमा पनि २० लाखसम्म कर्जा प्रवाह गर्नुपर्ने
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूले सडकले नछोएको जग्गा धितोमा पनि २० लाख रुपैयाँसम्म कर्जा प्रदान गर्नुपर्ने भएको छ । तर, यस्तो कर्जा निजी वा व्यक्ति नभएर कृषि कर्जाका लागि हो ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कृषि कर्जामा वास्तविक किसानहरूको पहुँच सुनिश्चित गर्न यस्तो व्यवस्थालाई निरन्तरता दिइएको जनाएको छ । योसँगै खाद्य उत्पादन, पशु पालन तथा माछा पालन व्यवसाय गर्न सडक बाटोले नछोएको जग्गालाई समेत धितोमा स्विकारी बैंकहरुले २० लाख रुपैयाँसम्म कृषि कर्जा प्रदान गर्नुपर्ने भएको छ । यस्तो कर्जा मागको फाइल सात कार्य दिन भित्र स्वीकृत गर्नुपर्ने र कर्जा दिन नसकिने भए स्पष्ट कारण खुलाई जानकारी दिनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।
कर्जा नदिएको वा कुनै समस्या भए सेवाग्राहीले सिधै केन्द्रीय बैंकमा रिपोर्ट गर्न समेत राष्ट्र बैंक सबैमा सुसूचित गरेको छ ।
बैंक तथा वित्तीय संस्थाहरूले कर्जा जोखिमलाई हेरेर सडक (मोटर बाटो)ले छोएको जग्गालाई मात्र धितो राखेर कर्जा प्रदान गर्दा वास्तविक किसानहरू कृषि कर्जाबाट वञ्चित हुन परेको भन्दै विरोध भएपछि केन्द्रीय बैंकले नयाँ व्यवस्था गरेर राहत दिने प्रयस गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण