मह जोडीले बनाए काठमाडौँ महानगरपालिकाको लघु चलचित्र ‘उ गरेर उ गरौँ’
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्थानीय न्यायिक निरूपणको कथामा निर्माण गरेको लघु चलचित्र ‘उ गरेर उ गरौँ’ सार्वजनिक गरिएको छ । सोमबार साँझ जमलस्थित विश्वज्योति चलचित्र भवनमा फिल्मको विशेष प्रदर्शन गर्दै सार्वजनिक गरिएको हो । चलचित्र विशेष प्रदर्शनसँगै (मेट्रो न्युज युट्युब) मार्फत सार्वजनिक गरिएको हो ।
पारिवारिक तथा सामाजिक जीवनसँग सम्बन्धित विवाद र समाधानका प्रयासमा न्यायिक समितिका काम, प्रक्रिया र चरणको कथामा समेटिएको चलचित्र मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले निर्देशन गरेका हुन् । ्
निर्देशक आचार्यको कथा, पटकथा तथा संवाद चलचित्रमा मह जोडीसँगै बसुन्धरा भुषाल, रवि डंगोल, प्रदीप बास्तोला, नरेन्द्र कंसाकार, आरजु कार्की, शालिनी विष्ट भट्टराई, विगिसा अधिकारी, मञ्जु श्रेष्ठ, सुनिता श्रेष्ठलगायत कलाकारको अभिनय छ ।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक सुनिता डंगोलले स्थानीय न्यायिक निरूपणको विषयमा बुझाउन चलचित्र निर्माण भएको बताइन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले स्थानीय तहमा न्यायिक समितिबाट समाधान भएका विवादको सङ्ख्याले अदालतमा चाप कम भएको बताए ।
कार्यक्रममा कलाकार, प्राविधिक र न्यायिक सम्मेलन आयोजनाका लागि योगदान गर्ने व्यक्ति तथा संस्थालाई कदर पत्र प्रदान गरिएको थियो ।
महानगरमा मेलमिलाप हुनसक्ने व्यक्ति वादी भएर दायर भएको, अन्य देवानी, २५ लाख रुपैयाँसम्म बिगो भएको घर बहाल तथा घर बहाल सुविधा, १ वर्षसम्म कैद हुनसक्ने फौजदारी विवाद न्यायिक समितिबाट समाधान गरिन्छ । नाबालक छोराछोरी र पति पत्नीलाई इज्जत आदमअनुसार खान बस्न तथा शिक्षा दीक्षा नदिएको, पाका व्यक्तिलाई खान लाउन नदिएको जस्ता विवाद धेरै देखिन्छन् । यी विवाद समाधान गर्ने विधि मेलमिलाप र निर्णय प्रक्रिया हुन् । चलचित्रले यस्तै विषय विषयवस्तुका रूपमा देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण