सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

जनमतले बोलायो केन्द्रीय समितिको बैठक

मङ्गलबार, ०९ साउन २०८०, १५ : १०
मङ्गलबार, ०९ साउन २०८०

काठमाडौँ । जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक यही साउन १८ गते बिहीबार बस्ने भएको हो ।  

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनमत पार्टीका केन्द्रीय सदस्य एवं प्रवक्ता डा.शरदसिंह यादवले बताए ।

बैठकमा सहभागी हुने केन्द्रीय सदस्यहरुलाई आ-आफ्नो नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता परिचय पत्रको प्रतिलिपि, एक प्रति पासपोर्ट साइजको फोटो लिएर उपस्थित हुन पार्टीले निर्देशन दिएको छ । 

प्रवक्ता यादवले नयाँ केन्द्रीय सदस्यहरुको शपथग्रहण, परिचय तथा प्रशिक्षणका लागि बैठक बोलाएको जानकारी दिए । 

एक केन्द्रीय सदस्यले भने, ‘यो केन्द्रीय समितिको बैठक जस्तै हुन्छ, ठूलो संख्यामा विस्तार भएको छ, एक आपसमा चिनजान गराउनुको साथै पार्टीको विधि विधानको बारेमा जानकारी गराउने, पार्टीका लागि कसरी काम गर्ने लगायतका विषयमा जानकारी दिनका लागि यो बैठक बोलाएको हो ।’

जनमतले केही दिन अगाडि केन्द्रीय समिति विस्तार गरेको थियो । केन्द्रीय समिति विस्तारपछि यो पहिलो बैठक हो । जनमत पार्टीले मिसन ८४ सुरु गरेको छ । 

सो मिसनअन्तरर्गत वडा तहको प्रशिक्षण सम्पन्न गरेको छ भने साउन ५ गते जिल्ला इन्चार्ज र पूर्व जिल्ला इन्चार्जको बैठक तथा प्रशिक्षण सम्पन्न गरेको छ । 

यस्तै पार्टीले साउन ७ गतेदेखि नौ गतेसम्म प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई धुलीखेलमा प्रशिक्षण दिएको छ । साउन १२ गते मधेस प्रदेश समितिको बैठक राखेको छ । साउन १७ गते राष्ट्रिय परिषद्को बैठक बोलाएको छ भने साउन १९ गतेका लागि स्थानीय जनप्रतिनिधिहरुको बैठक बोलाएको छ । 

यस्तै साउन २७ गतेका पार्टीले स्थानीय तहका जनप्रतिनिधि  बारेमा जनमत संग्रह गराउने तथा साउन ३० गते नेपाल आइ संघको बैठक राखेको छ । भदौ २ गते प्रदेशसभा सदस्यहरुका  बारेमा जनमत संग्रह गर्ने पार्टीले कार्यक्रम राखेको छ ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप