जया बच्चनले भनिन्, ‘म प्रधानमन्त्रीविरुद्ध केही पनि बोल्दिनँ किनभने...’
राज्यसभा सांसद तथा अभिनेत्री जया बच्चनले आफूले मोदीबारे केही पनि टिप्पणी गर्न नचाहेको बताएकी छिन् ।
मंगलबार समाचार एजेन्सी एएनआईसँगको कुराकानीमा उनले सो कुरा बताएकी हुन् । जया बच्चनलाई मोदीबारे सोधिएको प्रश्नमा उनले भने, ‘प्रधानमन्त्रीबारे कुनै टिप्पणी गर्दिनँ । उनी यस देशका प्रधानमन्त्री हुन् । उनको कुर्सीको इज्जत गर्छु ।’
मणिपुरको मुद्दामा जयाले भनिन्, ‘म यो भन्छु कि सन् २०१४ देखि मोदी र उनको पार्टीको तर्फबाट जुन बयान दिइएको छ, त्यो तुलना गर्नुपर्छ । तपाईंले जवाफ पाउनुहुनेछ । तपाईंले हरेक प्रश्नको जवाफ पाउनुहुनेछ ।’
जया बच्चन भन्छिन्, ‘मणिपुरबारे पहिला जे भनिन्थ्यो र अहिले जे भनिँदै छ, हेर्नुहोस् । म कुर्सीको इज्जत गर्छु । म उनी विरुद्ध केही पनि बोल्दिनँ ।’
#WATCH | Samajwadi Party MP Jaya Bachchan in Parliament, says "I do not want to make a comment on the Prime Minister. I respect the Chair. I just want to say that if we compare all the speeches given by PM Modi from 2014 till today, everything will be clear" pic.twitter.com/4SDIZ4Dc76
— ANI (@ANI) July 25, 2023
मणिपुरको मुद्दामा विपक्षी दलका नेताको तर्फबाट पछिल्ला केही दिनदेखि विभिन्न प्रतिक्रिया आइरहेका छन् ।
विपक्ष दलले मोदीले संसद्को दुवै सदनमा मणिपुरबारे बयान दिनुपर्छ भनेर माग राखेका छन् । सत्तारुढ बिजेपीले भने मणिपुरमाथि चर्चाका लागि आफू तयार भएको तर मणिपुरका साथै राजस्थान, छत्तिसगढ, पश्चिम बंगालबारे पनि कुरा हुनुपर्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण