सुर्खेतमा भ्रष्टाचारविरुद्ध नागरिक हस्ताक्षर अभियान सुरु
सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध चालेको कदमप्रति समर्थन जनाउँदै सुर्खेतमा बृहत् नागरिक हस्ताक्षर अभियानको सुरुआत गरिएको छ ।
नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन, योङ्ग कम्युनिष्ट लिग नेपाल सुर्खेत कमिटीको आयोजनामा मंगलबार हस्ताक्षर अभियान सुरु गरिएको हो ।
‘सुशासन प्रचण्ड सरकारको सरोकार, भ्रष्टाचारविरुद्ध नागरिक हस्ताक्षर’ भन्ने मूल नाराका साथ कार्यक्रम सुरु गरिएको हो ।
कार्यक्रममा सहभागी माओवादीका प्रदेश इन्चार्ज कालीबहादुर मल्लले वर्तमान सरकारले सुशासनका क्षेत्रमा महत्त्वपूर्ण कदम चालिरहेको भएपनि सबैको साथ पाउन नसकिएको बताए ।
भ्रष्टाचार नियन्त्रणसँगै देशलाई आर्थिक समृद्धिको बाटोमा लैजान सबैको सहयोग आवश्यक रहेको उनले जिकिर गरे । यद्यपि विभिन्न तत्त्वहरूले वर्तमान सरकारले गरिरहेका कामको विरोध गर्नमा अग्रसर भइरहेको भन्दै आपत्ति जनाए । ‘भ्रष्टाचारीलाई पूर्ण कारबाहीको दायरामा ल्याउनुपर्छ, नेपालबाट भ्रष्टाचार पूर्ण रुपमा निर्मूल पार्नुपर्छ,’ उनले भने ।
मंगलबार पहिलो दिन १५० जना भन्दा बढीले भ्रष्टाचारविरुद्ध ऐक्यबद्धता जनाउँदै हस्ताक्षर गरे । बुधबार र बिहीबार पनि हस्ताक्षर अभियान कायम रहने अखिल क्रान्तिकारी सुर्खेत जिल्ला संयोजक टिकाराम विश्वकर्माले जनाए ।
‘भ्रष्टाचार विरुद्धका अभियानमा तीनवटै तहका सरकारका प्रतिनिधिहरु लाग्नुपर्छ,’ उनले भने,‘स्वयम् प्रधानमन्त्रीज्यूले पनि अझै ठुला भ्रष्टाचारका फाइल खोलिने र जनताको माया चाहिएको बताउनु भएको छ । त्यसैले, हामी सबैले प्रधानमन्त्रीलाई साथ र हौसला दिनुपर्छ भन्ने उद्देश्यका साथ यो अभियान चलाएका हौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'मूल्य समायोजन नपाउँदा निर्माण उद्योग इतिहासकै धराशायी अवस्थामा'
-
हरिवंश र आना उत्कृष्ट कलाकार, फिल्ममा ‘ऊनको स्वीटर’
-
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
-
रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन पर्सा अदालतको अनुमति
-
वैशाखमा मूल्यवृद्धि ५.०४ प्रतिशत पुग्यो, खाद्यभन्दा गैर-खाद्य वस्तु तथा सेवामा महँगी बढी
-
महावीर पुनको नवप्रवर्तन यात्रा : नील आर्मस्ट्रङलाई चिठीदेखि कृषि कारखानासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण