जुम्लामा वडाबाट नुन बिक्रि वितरण सुरु
सुर्खेत । जुम्लामा वडाबाट नुन बिक्रि वितरण गर्न सुरु गरिएको छ । नुन नपाएको भन्दै असार ३१ गते नागरिकहरूले साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको कार्यालय तोडफोड गरेका थिए ।
त्यसपछि वितरण प्रणालीलाई सहज बनाउन वडाबाटै नुन बिक्रि गर्न सुरु गरिएको हो । वडा कार्यालयबाट स्थानीयलाई नुन बिक्रि गर्न सुरु गरिएको साल्ट ट्रेडिङ्ग जुम्लाले जनाएको छ । प्रति घरधुरी ३ केजीका दरमा नुन बिक्रि भइरहेको जनाइएको छ ।
साल्ट ट्रेडिङ्ग जुम्लाका प्रमुख खगेन्द्र मल्लले तातोपानी गाउँपालिकाका १–७ वडा, चन्दनाथ नगरपालिकाका १, ७, ८ र ९ नम्बर वडामा नुन पठाइसकिएको बताए । यस्तै गुठिचौर गाउँपालिकाका २ वटा वडामा पनि नुन पठाइसकिएको उनले बताए । साल्ट ट्रेडिङ्गबाट वडाहरुले ३ सय क्विन्टल नुन लिइसकेका छन् ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले नुन किन्नका लागि भिड लाग्नुपर्ने बाध्यता हटाउनका वडाबाटै नुन बिक्रि गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण