शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

जुम्लामा वडाबाट नुन बिक्रि वितरण सुरु

मङ्गलबार, ०९ साउन २०८०, २० : ५०
मङ्गलबार, ०९ साउन २०८०

सुर्खेत । जुम्लामा वडाबाट नुन बिक्रि वितरण गर्न सुरु गरिएको छ । नुन नपाएको भन्दै असार ३१ गते नागरिकहरूले साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको कार्यालय तोडफोड गरेका थिए । 

त्यसपछि वितरण प्रणालीलाई सहज बनाउन वडाबाटै नुन बिक्रि गर्न सुरु गरिएको हो । वडा कार्यालयबाट स्थानीयलाई नुन बिक्रि गर्न सुरु गरिएको साल्ट ट्रेडिङ्ग जुम्लाले जनाएको छ । प्रति घरधुरी ३ केजीका दरमा नुन बिक्रि भइरहेको जनाइएको छ । 

साल्ट ट्रेडिङ्ग जुम्लाका प्रमुख खगेन्द्र मल्लले तातोपानी गाउँपालिकाका १–७ वडा, चन्दनाथ नगरपालिकाका १, ७, ८ र ९ नम्बर वडामा नुन पठाइसकिएको बताए । यस्तै गुठिचौर गाउँपालिकाका २ वटा वडामा पनि नुन पठाइसकिएको उनले बताए । साल्ट ट्रेडिङ्गबाट वडाहरुले ३ सय  क्विन्टल नुन लिइसकेका छन् । 

जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले नुन किन्नका लागि भिड लाग्नुपर्ने बाध्यता हटाउनका वडाबाटै नुन बिक्रि गरिएको बताए ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप