भन्सार एजेन्ट पराजुलीको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश चुडालको इजलासमा
काठमाडौँ । राजस्व अनुसन्धान विभागको थुनामा रहेका भन्सार एजेन्ट यादव पराजुलीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा बुधवार सुनुवाई हुँदैछ । ८० देखि १ सय किलो सुन तस्करी प्रकरणमा ७८२ नम्बरका एजेन्ट पराजुलीलाई राजस्वले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
पराजुलीको रिट न्यायाधीश कुमार चुडालको इजलसामा सुनुवाई हुँदै छ । राजस्व अनुसन्धान विभागले उनलाई गैरकानुनी थुनामा राखेको भन्दै पराजुलीको तर्फबाट अधिवक्ता बिक्रम भण्डारीले सर्वोच्चमा रिट दर्ता गराएका थिए । ‘रेडी ट्रेड प्रालि’ बुढानिलकण्ठले ‘ब्र्रेक प्याड’को नाममा मगाएका सुन पराजुलीको एजेन्ट नम्बर प्र्रयोग गरेर राजेन्द्र राईले प्रज्ञापन पत्र भरेर त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट छुटाएका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ३ मा साँझ सो सामान राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यसमा करिब ८० देखि १ सय किलो सुन रहेको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले बताउँदै आएका छन् । सुनको यकिन परिमाण आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण