स्रोत नखुलेको ४८ लाख रकमसहित एक पुरुष पक्राउ
बुधबार, १० साउन २०८०, १३ : ५८
बुटवल । कपिलवस्तुमा स्रोत नखुलेको भारतीय रुपियाँ र नेपाली रुपियाँसहित एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको कपिलवस्तु नगरपालिकाको आन्दोलन चोकस्थित रामदेव बर्माको घरबाट ४८ वर्षीय सुनिलकुमार गुप्तालाई ४८ लाख रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।
बर्माको घरमा कोठा भाडा लिइ अवैध रुपमा भारतीय रुपैयाँको कारोबार गरिरहेको सूचनाको आधारमा गुप्तालाई पक्राउ गरिएको कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले बताए ।
गुप्ताले कोठामा लुकाई छिपाई राखेको (स्रोत नखुलेको) २४ लाख १३ हजार २५५ नेपाली रुपैयाँ र १४ लाख ९४ हजार ९२० भारतीय रुपियाँ गरी ४८ लाख पाँच हाजर १२७ रुपैया बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका गुप्तालाई बरामद भएको रकमसहित राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र एडीबीबिच २५ अर्ब रुपैयाँको ऋण सम्झौता, खानेपानी र भन्सार सुधारमा खर्च हुने
-
रास्वपाको केन्द्रीय समितिले कहिले पाउँछ पूर्णता ?
-
कोशी प्रदेशको स्वास्थ्य सचिवमा डा. कीर्तिपाल सुवेदी
-
नेप्सेका सीईओको राजीनामा स्वीकृत
-
एनपीएल तेस्रो संस्करणः यी हुन् क्याटोगरी 'सी' अन्तर्गत छानिएका १७ खेलाडी
-
तत्काल बजार भाउ घटाउन मन्त्रीको कडा निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण