विपद् पूर्व सतर्कतालाई उच्च प्राथमिकता दिन कावा प्रधानमन्त्री खड्काको निर्देशन

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विपद् व्यवस्थापन लगायतका विषयमा छलफल गरेका छन् । बुधवार रक्षा मन्त्रालयमा कावा प्रधानमन्त्री खड्काको अध्यक्षतमा भएको छलफलमा उपप्रधानमन्त्री तथा गृहमन्त्री, मुख्यसचिव, प्रधानसेनापति, रक्षासचिव, गृहसचिव , सुरक्षा निकायका प्रमुखहरु र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरु सहभागी थिए ।
कावा प्रधानमन्त्री खड्का समक्ष सम्वन्धित अधिकारीहरुले देशका विभिन्न ठाँउमा गएको बाढी पहिरो, जनधनको क्षति र राजमार्ग अवरुद्ध लगायतका विषयमा जानकारी गराएको उनको सचिवालयले जनाएको छ । छलफलमा कावा प्रधानमन्त्री खड्काले बाढी पहिरो लगायतका कारण जन धनको क्षति हुन नदिन तथा अवरुद्ध भएका राजमार्ग तत्काल सुचारु हुने व्यवस्था मिलाउनका निर्देशन दिए । साथै विपद् पूर्व सतर्कतालाई समेत उच्च प्राथमिकतामा राखेर काम गर्न उनको निर्देशन छ ।
उनले बाढी पहिरोबाट कोही नागरिक पीडित भइहाले तत्काल उद्दार तथा राहातलाई उच्च प्राथमिकता दिन निर्देशन दिए । पीडितलाई राहत वितरणका सम्वन्धमा कुनै कानूनी वाधा अड्चन भएमा त्यसलाइ तत्काल फुकाएर काम गर्ने व्यवस्था मिलाउन समेत कावा प्रधानमन्त्री खड्काले निर्देशन दिए । देशैभरका सुरक्षा निकाय र सरकारी अधिकारीहरु विपद्को पूर्व आंकलन तथा व्यवस्थापनका लागि चनाखो हुन र एकिकृत रुपमा समन्वय गरी काम गर्न निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन