बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
संसद्

सुन तस्करी प्रकरण : संसद् भवनमा आमरण अनसन बस्ने कांग्रेस सांसदको घोषणा

बुधबार, १० साउन २०८०, १५ : ३८
बुधबार, १० साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले विमानस्थल भन्सारबाट १ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य नाइकेलाई पक्राउ नगरे संसद् भवनभित्रै आमरण अनसन बस्ने घोषणा गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले तस्करीमा संलग्न भरियामात्र पक्राउ गरी नाइकेलाई नसमात्ने हो भने प्रधानमन्त्री विदेश भ्रमणबाट फर्किएपछि संसद् भवनमा आमरण अनसन बस्ने घोषणा गरेका हुन । 

उनले भने,'नेताहरु काठमाडौँ बसेका बेला त्रिभुवन विमानस्थलबाट क्वीन्टलका क्वीन्टल सुन आउँदा खेरी मुख्य अभियुक्तलाई पक्रन नसक्नु भनेको हामी संसदमा रहेका सांसदहरु पनि दोषको भागीदार हुन्छौँ । अहिले प्रधानमन्त्री बाहिर हुनुहुन्छ । बाहिर होउन्जेल त म पर्खिउँला । तर यो चिजलाई गुमचुम पारेर बिचरा पहाडको गाउँको भरियालाई मात्र पारेर जेलभित्र कुहाउने अभिप्रायले मुख्य नाइकेहरु भाग्छन्, दुईजना मन्त्री गृहमन्त्री र अर्थमन्त्री फेरि त्यही बिचरा भुजेललाई पक्रिएर मुख्य नाइकेलाई नपक्री बस्छु भनेर सोच्नुभएको छ भने म यो सदनमा घोषणा गर्न चाहन्छु, प्रधानमन्त्रीको आगमन पछाडि उहाँहरुले पक्राउ गर्नुभएन भने यो सदनभित्र म आमरण अनसन बस्ने घोषणा गर्न चाहन्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप