सुन तस्करी प्रकरण : संसद् भवनमा आमरण अनसन बस्ने कांग्रेस सांसदको घोषणा
काठमाडौँ । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले विमानस्थल भन्सारबाट १ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य नाइकेलाई पक्राउ नगरे संसद् भवनभित्रै आमरण अनसन बस्ने घोषणा गरेका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले तस्करीमा संलग्न भरियामात्र पक्राउ गरी नाइकेलाई नसमात्ने हो भने प्रधानमन्त्री विदेश भ्रमणबाट फर्किएपछि संसद् भवनमा आमरण अनसन बस्ने घोषणा गरेका हुन ।
उनले भने,'नेताहरु काठमाडौँ बसेका बेला त्रिभुवन विमानस्थलबाट क्वीन्टलका क्वीन्टल सुन आउँदा खेरी मुख्य अभियुक्तलाई पक्रन नसक्नु भनेको हामी संसदमा रहेका सांसदहरु पनि दोषको भागीदार हुन्छौँ । अहिले प्रधानमन्त्री बाहिर हुनुहुन्छ । बाहिर होउन्जेल त म पर्खिउँला । तर यो चिजलाई गुमचुम पारेर बिचरा पहाडको गाउँको भरियालाई मात्र पारेर जेलभित्र कुहाउने अभिप्रायले मुख्य नाइकेहरु भाग्छन्, दुईजना मन्त्री गृहमन्त्री र अर्थमन्त्री फेरि त्यही बिचरा भुजेललाई पक्रिएर मुख्य नाइकेलाई नपक्री बस्छु भनेर सोच्नुभएको छ भने म यो सदनमा घोषणा गर्न चाहन्छु, प्रधानमन्त्रीको आगमन पछाडि उहाँहरुले पक्राउ गर्नुभएन भने यो सदनभित्र म आमरण अनसन बस्ने घोषणा गर्न चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण