सुन तस्करी प्रकरणमा रास्वपाले माग्यो गृहमन्त्री र अर्थमन्त्रीको जवाफ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाश शरण महतको जवाफ माग गरेको छ ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपाका संसदीय दलका नेता रवि लामिछानेले सुन तस्करी प्रकरणमा रास्वपाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको भन्दै त्यसमा चित्तबुझ्दो जवाफ दिन आग्रह गरे ।
उनले विमानस्थल बाहिर ट्याक्सीमा सुन आएको थाहा पाएपछि त्यही नसमातेर ट्याक्सी मालिकको पुगेपछि समातेको भए मालिक पक्राउ गर्न सकिनेतर्फ किन ध्यान नपुर्याएको भन्दै प्रश्न गरे । उनले सुन ठुलो सेटिङमा रहेको र यो निरन्तर चलिरहेको बताए ।
उनले केही कर्मचारीलाई सरुवा गरेर सुन तस्करी प्रकरणलाई टाल्न नपाइने बताए । नेता लामिछानेले सरकारले भ्रष्टाचार हरेक प्रकरणमा हात हालेको तर जरोसम्म नपुगेर गिजोल्ने काममात्र गरेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण