बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सुन तस्करी प्रकरणमा रास्वपाले माग्यो गृहमन्त्री र अर्थमन्त्रीको जवाफ

बुधबार, १० साउन २०८०, १५ : ५०
बुधबार, १० साउन २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाश शरण महतको जवाफ माग गरेको छ । 

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपाका संसदीय दलका नेता रवि लामिछानेले सुन तस्करी प्रकरणमा रास्वपाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको भन्दै त्यसमा चित्तबुझ्दो जवाफ दिन आग्रह गरे । 

उनले विमानस्थल बाहिर ट्याक्सीमा सुन आएको थाहा पाएपछि त्यही नसमातेर ट्याक्सी मालिकको पुगेपछि समातेको भए मालिक पक्राउ गर्न सकिनेतर्फ किन ध्यान नपुर्‍याएको भन्दै प्रश्न गरे । उनले सुन ठुलो सेटिङमा रहेको र यो निरन्तर चलिरहेको बताए । 

उनले केही कर्मचारीलाई सरुवा गरेर सुन तस्करी प्रकरणलाई टाल्न नपाइने बताए । नेता लामिछानेले सरकारले भ्रष्टाचार हरेक प्रकरणमा हात हालेको तर जरोसम्म नपुगेर गिजोल्ने काममात्र गरेको आरोप लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप