गुण्डागर्दीमा संलग्न सानुभाइलाई १० हजार धरौटीमा छाड्न आदेश
काठमाडौँ । गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाइलाई अदालतले १० हजार धरौटीमा छाड्न आदेश गरेको छ । ठमेलस्थित क्लब ओम्नियामा झगडा गरेको आरोपमा पक्राउ परेका उनीविरुद्ध ‘पटके झगडिया’को रूपमा अदालतमा मुद्दा दायर गरिएको थियो ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रकाश पण्डितले उनलाई १० हजार धरौटीमा छाड्न आदेश गरेका हुन् । तर, पुरानो मुद्दामा पनि जरिवाना र कैद तोकिएको भेटिएपछि उनी कारागार जाने भएका छन् ।
ठमेलस्थित क्लब ओम्नियामा झगडा गरेको आरोपमा सानुभाइ सँगै पक्राउ परेका अरू ६ जना छुटेका छन् । मङ्गलवार काठमाडौँका प्रमुख जिल्ला अधिकारीको आदेश अनुसार अन्य ६ जना जनही ८ हजार धरौटी तिरेर छुटेका थिए । सानुभाइ भन्दा बाहेक अन्य आरोपित जनही ८ जना तिरेर रिहा भएका जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी अनिल अधिकारीले जानकारी दिए ।
असार १५ मा क्लब प्रवेश गर्दा आफूलाई ‘सम्मान भएन’ भनेर सानुभाइसहितका युवाहरूले क्लब सञ्चालक राजेन्द्र गुरुङ, बाउन्सर र कर्मचारीलाई कुटपिट गरेर भागेका थिए ।
सानुभाइ इन्काउन्टरमा मारिएका ‘गुन्डा नाइके’ कुमार श्रेष्ठ ‘घैँटे’का सहयोगी थिए । ओम्निया क्लवमा भएको झगडामा संलग्न आरोपमा प्रहरीले टोखा घर भएका ३३ वर्षीय विक्रम अधिकारी, तनहुँ दमौलीका ३२ वर्षीय सुवास कायस्थ, तनहुँ दमौलीकै ३० वर्षीय सुरज कायस्थ र नुवाकोट पञ्चकन्या–५ का कमल तामाङ, विनोद लामा र रघु लामालाई मुद्दा चलाएको थियो ।
कुमार गुरुङ ‘घैँटे’ इन्काउन्टरमा मारिएपछि युवराज गुरुङ ‘सानुभाइलेटप्रुफ ज्याकेट लगाएर हिँड्थे । बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्दै गरेको बेला २०७२ मा प्रहरीले उनलाई पक्रेर थुनामा राखेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण