समरजंग कम्पनीका तत्कालीन प्रमुखलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार
काठमाडौँ । ललिता निवास प्रकरणमा थुनामा रहेका रमेशकुमार पोखरेललाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हा र हरिप्रसाद फुँयालले उनको तर्फबाट दायर रिटमा बुधवार बन्दी प्रत्यक्षीकरणको आदेश दिन अस्वीकार गरेका हुन् ।
तत्कालीन समरजंग कम्पनीका प्रमुख पोखरेललाई केन्द्रीय अनुसन्धान ब्यूरोले असार १८ मा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सर्वोच्च अदालतले पुनः म्याद थपको माग भएर आएको अवस्थामा ‘वस्तुनिष्ट विश्लेषण गरेर मात्र आदेश गर्नुहोला’ भनेर जिल्ला अदालत काठमाडौँलाई आदेश गरेको छ ।
निवेदकले २०६८ सालदेखि नै डिप्रेशन लगायत मानसिक रोगको नियमित उपचार गराई औषधी सेवन गरेको रिपोर्ट पेश गरेका थिए । पोखरेलको स्वास्थ्य अवस्था र थुनामा नराखिकन अनुसन्धान गर्दा उनले अनुसन्धानमा प्रभाव पार्न सक्ने वा नसक्ने अवस्थाको ‘वस्तुनिष्ट विष्लेषण गर्न’ सर्वोच्चले जिल्ला अदालतलाई आदेश गरेको छ ।
बुधवार उनीसहित ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई जिल्ला अदालतले थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण