सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग्नुको कुनै तुक छैन : सांसद यादव

बुधबार, १० साउन २०८०, १९ : ३७
बुधबार, १० साउन २०८०

काठमाडौँ । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले सुन तस्करी प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग्नुको कुनै तुक नभएको बताएका छन् ।  

बुधबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले सुन तस्करी प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग्नुको कुनै तुक नभएको बताएका हुन् । उनले कुनैपनि आरोपमा संलग्नता देखियो भने मात्रै राजीनामा मागिने बताए । उनले तस्करी भएको सुनलाई राज्य आफैँले समातेको भन्दै यसकै आधारमा अर्थमन्त्री र गृहमन्त्रीको संलग्नतामाथि प्रश्न उठाउनु नहुने बताए । 

उनले भने, ‘गृहमन्त्री र अर्थमन्त्रीको जुन संलग्नताको कुरा आइराखेको छ, त्यो विषयमा म ठ्याक्कै के भन्ने हो भने राज्यले आफैँ समातेको छ । अनि गृहमन्त्री, अर्थमन्त्रीको संलग्नता कसरी भयो ? यो पनि प्रश्न छ नि । राज्यले समातेको छ । अरुले समातेको छैन । कुनै व्यक्तिले समातेको छैन । राजीनामा माग्नु कुनै तुक होइन । आरोप ठहरियो, संलग्नता देखियो भने राजीनामा मागिन्छ । यसलाई दह्रो तरिकाको मजबुद आयोग बनाउने, अनि छानबिन दह्रो तरिकाले गर्नुपर्छ ।’ 

सांसद यादवले सुन तस्करी प्रकरणको छानबिन गर्न बलियो आयोग नै बनाउनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप