अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग्नुको कुनै तुक छैन : सांसद यादव
काठमाडौँ । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले सुन तस्करी प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग्नुको कुनै तुक नभएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले सुन तस्करी प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग्नुको कुनै तुक नभएको बताएका हुन् । उनले कुनैपनि आरोपमा संलग्नता देखियो भने मात्रै राजीनामा मागिने बताए । उनले तस्करी भएको सुनलाई राज्य आफैँले समातेको भन्दै यसकै आधारमा अर्थमन्त्री र गृहमन्त्रीको संलग्नतामाथि प्रश्न उठाउनु नहुने बताए ।
उनले भने, ‘गृहमन्त्री र अर्थमन्त्रीको जुन संलग्नताको कुरा आइराखेको छ, त्यो विषयमा म ठ्याक्कै के भन्ने हो भने राज्यले आफैँ समातेको छ । अनि गृहमन्त्री, अर्थमन्त्रीको संलग्नता कसरी भयो ? यो पनि प्रश्न छ नि । राज्यले समातेको छ । अरुले समातेको छैन । कुनै व्यक्तिले समातेको छैन । राजीनामा माग्नु कुनै तुक होइन । आरोप ठहरियो, संलग्नता देखियो भने राजीनामा मागिन्छ । यसलाई दह्रो तरिकाको मजबुद आयोग बनाउने, अनि छानबिन दह्रो तरिकाले गर्नुपर्छ ।’
सांसद यादवले सुन तस्करी प्रकरणको छानबिन गर्न बलियो आयोग नै बनाउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण