लुम्बिनी विकास कोषमा उपाध्यक्षका लागि दौडधुप
बुटवल । लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तेय)को कार्यकाल सोमबारदेखि सकिएसँगै सो पदका लागि आकांक्षीहरुको दौडधुप बढ्न थालेको छ ।
कोषको उपाध्यक्षमा त्रिपाठी २०७५ सालमा नियुक्त भएका थिए । उनको पाँच वर्षे कार्यकाल सकिएसँगै नयाँ उपाध्यक्षका लागि दौडधुप सुरु भएको हो । उपाध्यक्ष बन्न स्थानीय भिक्षुदेखि पूर्व पदाधिकारीसम्मको नाम चर्चामा छ ।
कोषको अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहने व्यवस्था छ । अहिले पूर्व सांसद ल्यारक्याल लामा, गायिका आनी छोइङ डोल्मा, निवर्तमान उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तेय), पूर्व उपाध्यक्ष सिद्धार्थ महर्जन (भिक्षु निग्रोध), पूर्व सदस्य भिक्षु कुन्डय र स्थानीय सुमार्ग भिक्षुको नाम उपाध्यक्षका लागि चर्चामा छ ।
सोमबार कार्यकाल सकिएका उपाध्यक्ष त्रिपाठीलाई अझैसम्म औपचारिक कार्यक्रम गरेर बिदाइ गरिएको छैन । कोषाध्यक्ष सिद्धिचरण भट्टराईले नयाँ नियुक्ति भएपछि मात्र कार्यकाल सकिएकालाई बिदाइ गर्ने योजना बनाएको रातोपाटीलाई बताए ।

लुम्बिनी विकास कोषमा संघीय सरकारले प्रदान गर्ने बजेट घटे पनि विकास कोष आफैँले भने आन्तरिक बजेट वृद्धि गरेको छ ।
संघीय सरकारले गत वर्ष १ अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको थियो तर अहिले जम्मा ४५ करोडमात्रै छुट्याइएको छ । यसरी रकम घटाएपछि विकास कोषले आन्तरिक बजेट वृद्धि गर्न बनाएको एक अध्ययन समितिको आधारमा गत वर्ष भन्दा ५ करोड वृद्धि गरेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले रातोपाटीलाई बताए ।
लुम्बिनी विकास कोषले चालु आर्थिक वर्षका लागि ६७ करोड ३ लाखको बजेट सार्वजनिक गरेको छ । जस अनुसार लुम्बिनी गुरुयोजना कार्यान्वयनका लागि संघीय सरकारबाट प्राप्त अनुदान ४५ करोड रहेको छ । आन्तरिक तर्फ २३ करोड ३ लाख रुपैयाँ विनियोजन भएको हो । आर्थिक वर्ष २०७९÷८० मा आन्तरिक तर्फ १७ करोड ४० लाख विनियोजन भएको थियो ।
कोषको अध्यक्ष समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीको अध्यक्षतामा बसेको लुम्बिनी विकास कोषको परिषद् बैठकले यस्तो निर्णय गरेको विकास कोषका प्रवक्ता डा हरिध्वज राईले रातोपाटीलाई बताए । उनले अहिले विकास कोषले लिने शुल्क, भूशुल्क आदिको आधारमा गत वर्षभन्दा आन्तरिक बजेट वृद्धि भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण