बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तरीमा करेन्ट लागेर एक युवकको मृत्यु

बिहीबार, ११ साउन २०८०, १२ : ४९
बिहीबार, ११ साउन २०८०

सप्तरी । सप्तरी रेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको अग्निसाईर कृष्णसावरण गाउँपालिका–४ बनौली बस्ने २५ वर्षीय मुकेशकुमार यादवको करेन्ट लगेर बुधबार राति मृत्यु भएको हो ।

आफ्नै खेतमा पानी तान्ने विद्युतीय मोटर चलाउने क्रममा उनलाई अचानक करेन्ट लागेकाे थियो ।

गम्भीर घाइते भएका उनको छिन्मस्ता अस्पताल राजविराज सप्तरीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप