सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

व्यवसायिक एकता र सहकार्यबाट मात्र निजी क्षेत्र बलियो हुन्छ : अध्यक्ष ढकाल

बिहीबार, ११ साउन २०८०, १७ : ५०
बिहीबार, ११ साउन २०८०

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सदस्यहरूको बलियो सञ्जाल र एकताबाटै महासंघ बलियो हुने बताएका छन् । महासंघको वस्तुगत परिषद्ले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ढकालले कतिपय अवस्थामा एक्लो प्रयास मात्र पर्याप्त नहुने भएकाले सहकार्य र एकताबाट मात्र सफलता मिल्ने बताएका हुन् ।

अध्यक्ष ढकालले व्यवसायिक गतिविधि बढाउन सदस्य वस्तुगत संघहरूले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गरे । ‘हाम्रा सदस्य वस्तुगत संघहरू महासंघका बलिया खम्बा हुन । आफै सक्षम पनि छन्,’ उनले भने, ‘तपाईहरू आफ्ना मुद्दाहरूलाई आफै पनि अगाडि बढाउन सक्नुहुन्छ । तर, कतिपय अवस्थामा एक्लो प्रयासले मात्र पनि सफलता नमिल्न सक्छ ।’

महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपालको प्रमुख समस्या भनेको सही तथ्यांकको अभाव रहेकाले यसका लागि महासंघले काम गर्ने बताए । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले तथ्यांक उपलब्ध गराउने कार्यमा निजी क्षेत्रले पनि खुला भएर सहयोग गर्नुपर्नेमा जोड दिए । सदस्यहरुसँग नियमितरुपमा बसेर छलफल गर्दै समस्या समाधानमा गर्न आफू लागिपरेको समेत उपाध्यक्ष श्रेष्ठले बताए ।

यस्तै, वस्तुगत परिषद्का सभापति एवं उपाध्यक्ष हेमराज ढकालले वस्तुगत परिषद्ले नयाँ सोच र फरक ढंगले काम गर्न लागेको जानकारी गराए । महासंघका सबै सदस्य संघहरुसँग नजिकमा रहेर उनीहरुको कुरा सुन्ने र समस्या समाधानमा आफू लाग्ने ढकालको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप