समाजसेवामा फाइदा लिने मानिसको काम हुँदैन: मन्त्री बस्नेत
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले समाजसेवामा फाइदा लिने मानिसहरूको काम नहुने बताएका छन् ।
शुक्रवार काठमाडौँमा ५८ औँ रक्तसञ्चार सेवा दिवस समारोहलाई सम्बोधन गर्दै उनले जनसेवा गर्ने सङ्कल्प लिएकाहरू मात्रै समाजसेवामा राम्रो हुने बताए । मन्त्री बस्नेतले नेपाल रेडक्रस सोसाइटी वा रक्तसञ्चार केन्द्रले आफ्नो क्षेत्रबाट गरेको कामहरू महत्त्वपूर्ण रहेको बताए । उनले देशमा अप्ठ्यारो परेको बेलामा र रगत चाहिएको बेलामा आवश्यक रगत उपलब्ध गराउनु महत्त्वपूर्ण हुने बताए । बस्नेतले देशमा शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने बताए ।
उनले भने, ‘समाजसेवामा फाइदा लिने मानिसहरू लागेर काम छैन । जनसेवा गर्ने सङ्कल्प लिएकाहरू मात्रै यो क्षेत्रमा ठिक हुन्छ । त्यस कारण नेपाल रेडक्रस सोसाइटी वा रक्तसञ्चार केन्द्र जुनजुन क्षेत्रबाट भएपनि आजसम्म यो देशमा अप्ठ्यारो परेको बेलामा, रगत चाहिएको बेलामा दिँदै आएको छ । यो आफ्नो रगत दिएर अरूलाई बचाउने कुराको महत्त्व भनिरहनु पर्दैन । शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्छ भनेर लागेर हिँडेको मान्छे हुँ म ।’
मन्त्री बस्नेतले काम जति पवित्र हुन्छन् त्यत्ति धेरै गुनासो आउने बताए । देशमा भएका फार्मेसीहरूको निरीक्षण गर्दा विधिसम्मत रूपमा नचलेका फार्मेसीहरू बढी रहेको पाइएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण