नग्न महिला कारबाट ओर्लिइन्, गोली चलाउन थालिन्
क्यालिफोर्नियामा सान फ्रान्सिस्को बे ब्रिजमा एउटा चकित पार्ने घटना भएको छ । यहाँ एक महिलाले कारबाट बाहिर निस्किएर अचानक बन्दुकबाट गोली चलाउन थालिन् । यद्यपि, यसमा कोही पनि घाइते भएको खबर छैन ।
ती महिला पूर्ण रूपमा नग्न थिइन् । कसैले यसको भिडियो बनाएर भाइरल पनि बनाइदिएको थियो ।
क्यालिफोर्निया हाइवे पेट्रोलका कानुन प्रवर्तन अधिकारीका अनुसार एक महिलाले नग्न अवस्थामा I-80 स्प्यानमा स्थानीय समय अनुसार मङ्गलवार बेलुका करिब ४ः४० बजे बन्दुक चलाएकी हुन् ।

पहिला चक्कु त्यसपछि बन्दुक
रिपोर्टअनुसार महिलाले अचानक आफ्नो गाडीलाई एउटा गल्लीको बीचमा रोकिन् र चक्कु हल्लाउँदै र चिच्याउँदै बाहिर निस्किइन् । त्यसपछि उनी आफ्नो कारमा पुनः बसिन् र ओकल्याण्डतर्फ हानिइन् । न्युयोर्क पोस्टको रिपोर्टअनुसार एक टोल प्लाजामा पुगेपछि उनी एकपटक फेरी गाडीबाट निस्किइन् । यतिबेला उनी नग्न थिइन् र उनले बन्दुक बोकेकी थिइन् ।
प्रहरी अधिकारी तुरुन्त पुगे र हिरासतमा लिए
घटनाको फुटेजमा महिलालाई सडकमा हिँडेर हावामा फायरिङ गरिरहेको देख्न सकिन्छ । यद्यपि, अधिकारी तुरुन्त घटनास्थलमा पुगे र उनलाई हिरासतमा लिए । घटनामा कोही पनि हताहत भएको खबर छैन ।

महिलाको मानसिक अवस्था खराब
गिरफ्तारीपछि महिलाको मानसिक अवस्था ठिक नभएको पत्ता लागेको प्रहरीले जानकारी दिएको छ । उनलाई एक स्थानीय अस्पतालमा लगियो । सिएचपी अधिकारी एन्ड्रयू बार्कलेले घटनाबारे बोल्दै भने, ‘धन्य, यतिबेला कोही पनि घाइते भएनन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण