शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

सानिमा बैंकले ल्यायो सानिमा ‘५इन१’ सेवा

शुक्रबार, १२ साउन २०८०, १४ : ५७
शुक्रबार, १२ साउन २०८०

काठमाडौँ । सानिमा बैंकले ग्राहकहरुका लागि ‘५इन१’ सेवा सार्वजनिक गरेको छ । ‘५इन१’ सेवा सानिमा ‘५इन१’ खाताको परिष्कृत स्वरुप भएको बताइएको छ ।  यस सेवामा बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि आस्वा र मेरो शेयरको संयोजन रहेको बैंकले जनाएको छ । 

सानिमा बैंकले सानिमा क्यापिटलसँगको सहकार्यमा यो सेवा प्रदान गरेको हो । यस सेवाले बैंकको वेवसाइटमा उपलब्ध अनलाइन प्लेटफर्म मार्फत डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि आस्वा, मेरो शेयर र दोस्रो बजारबाट शेयर खरिद तथा बिक्री गर्न बैंकका नयाँ तथा पुराना ग्राहकहरूलाई सहज बनाउने बैंकले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 

सानिमा बैंकले ग्राहकहरूलाई सहज र सरल रुपमा डिजिटल शेयर ट्रेडिंग प्लेटफर्म उपलब्ध गराउने उद्देश्यले यो पहल गरेको हो । सानिमा बैंककोे सातै प्रदेशमा १३२ वटा कार्यालयहरु र १२२ वटा एटिएम संजालहरु रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप