एमाले अध्यक्ष ओलीले भने–मलाई ‘केपी बा’ इन्स्ट्राग्राममा फलो गर्नुस् ल’
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जाल ‘इन्स्ट्राग्राम’मा फलो गर्न आग्रह गरेका छन् । शुक्रबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत उनले इन्स्टाग्राममा आफ्ना अनुभव र सिकाइहरू नियमित रूपमा राख्दै आएको बताउँदै उनले सो सञ्जालमा आफूलाई फलो गर्न आग्रह गरेका छन् ।
उनले भनेका छन्–‘तपाईँले जानेको ज्ञान अरूसम्म प्रसारित गर्नुहोस् । ज्ञान प्रसारण गरेर घट्दैन । यसलाई जति बाँड्यो त्यति बढ्छ । जति सञ्चित ग¥यो त्यति नोक्सान हुन्छ । म आफूले आर्जन गरेको ज्ञान घट्दै गएर समाप्त भएको हेर्न रुचाउँदिनँ । म आफ्नो ज्ञानलाई सकेसम्म धेरै ठाउँमा पुर्याउन चाहन्छु र यसमा प्रयासरत पनि छु । यसैकारण मैले मेरो इन्स्टाग्राममा आफ्ना अनुभव र सिकाइहरू नियमित रूपमा राख्दै आएको छु । मलाई इन्स्टाग्राममा फलो गर्नुहोस् ल ।’
सामाजिक सञ्जालहरुमा सक्रिय भइरहेका एमाले अध्यक्ष ओलीले पछिल्लो समय विभिन्न सामाजिक सञ्जालमा रहेका आफ्नो पेजमा फलो गर्न आग्रह गर्दै आइरहेका छन् । उनले केहीदिन पहिले आफ्नो युट्युब च्यानल 'केपी बा' लाई फलो गर्न आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण