आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

‘रङ्गेली ग्याङस्टार’मा भित्रिइन् मिरुना

शुक्रबार, १२ साउन २०८०, १६ : ४६
शुक्रबार, १२ साउन २०८०

काठमाडौँ । फिल्म ‘रङ्गेली ग्याङस्टार’मा अभिनेत्री मिरुना मगर भित्रिएकी छन् । निर्माण युनिटले फिल्मको मुख्य भूमिकाको लागि उनलाई भित्र्याएको हो ।

आगामी भदौ २० गतेबाट छायांकनमा निस्कन लागेको फिल्मका लागि यसअघि अभिनेता अर्पण थापा छनौट भएका थिए । फिल्म अर्जुन सुवेदीको लेखन तथा निर्देशनमा तयार भएको हो ।

फिल्मका लागि बाँकी कलाकारहरु अडिसनबाट छनौट हुँदैछ । अडिसनका लागि यही साउन २१ गते पूर्वाञ्चल इन्स्चिच्युट अफ फिल्म एन्ड टेलिभिजनमा फिल्मको अडिसन राखिएको छ । ग्याङस्टर कथावस्तुमा बन्न लागेको फिल्मको छायांकन पूर्वी मोरङको रङ्गेलीमा हुनेछ । फिल्मका कार्यकारी निर्माता अनोज जंग थापा हुन् ।

अभिनेत्री मिरुना पछिल्लो समय हिट छिन् । उनी अभिनीत फिल्म ‘कबड्डी ४’ र ‘जारी’को व्यावसायिक सफलतापछि उनको फिल्ममा डिमाण्ड पनि बढेको छ । उनले केही अगाडि फिल्म ‘नाङ्गो गाउँ’को छायांकन सकाइन् भने उनी अहिले फिल्म ‘ऊनको स्विटर’ अभिनय तरखरमा छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप