शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
राष्ट्र बैंकको सर्कुलर

बैंकहरुले आधार दरभन्दा कम ब्याजमा कर्जा प्रवाह गर्न पाउने

शुक्रबार, १२ साउन २०८०, १७ : ४३
शुक्रबार, १२ साउन २०८०

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुले अब आफ्नो आधार दर (बेस रेट) भन्दा पनि कम ब्याजदरमा कर्जा प्रवाह गर्न पाउने भएका छन् । शुक्रबार एक परिपत्र जारी गर्दै केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो ।

तर यस्तो कर्जा नेपाल सरकार/प्रदेश सरकार/स्थानीय तहले आफ्नो कार्यक्रम अन्तर्गतको वा कुनै दातृ निकायबाट प्राप्त सहुलियत दरको सहायता/अनुदान रकमलाई बैंक तथा वित्तीय संस्थाहरुले तोकिएको क्षेत्र एवं वर्गमा ऋण परिचालन हुनेगरी सञ्चालन गरेको कार्यक्रमका लागि मात्र न्यून ब्याजदरमा कर्जा प्रवाह गर्न पाइने छ ।

यसअघि यस्तो व्यवस्था गरिएको थिएन ।   कुनैपनि कर्जा पछिल्लो तीन महिनाको औसत आधार दरभन्दा कम ब्याजदरमा प्रवाह गन नपाइने केन्द्रीय बैंकले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप