राष्ट्रपतिको उपचार खर्च विवादमा सर्वोच्चद्वारा दरपिठ आदेश बदर

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलको विदेशमा भएको उपचार खर्च भुक्तानी विवादका सन्दर्भमा अधिवक्ता विष्णुकुमार गिरीले पेस गरेको रिट निवेदन दरपिठ गर्ने रजिस्ट्रारको निर्णय बदर गरिदिएको छ ।
अदालतकी रजिस्ट्रार निर्मला पौडेलले रिट निवेदन दरपिठ गरेपनि न्यायाधीश हरिप्रसाद फुयालले उक्त आदेश बदर गरेका हुन् । यससँगै गिरीले पेस गरेको रिट निवेदन दर्ता भएको छ ।
रजिस्ट्रार पौडेलको आदेश खारेजीको माग गर्दै अधिवक्ता गिरीले इजलास समक्ष पुनः निवेदन दिएका थिए । जसमा निवेदकको तर्फबाट अधिवक्ताद्वय लिलानाथ घिमिरे र विष्णुकुमार गिरीले बहस गरेका थिए ।
‘राष्ट्रपति वा अन्य पदस्थ व्यक्तिहरुको विदेशमा उपचार गर्दा लाग्ने खर्च तथा अन्य सुविधा वापतको रकम कुन मापदण्डको आधारमा उपलव्ध गराउने भन्ने विषय अन्तरनिहित भएको देखिएको र असार १२ गतेको मन्त्रिपरिषद बैठकको निर्णय अदालतबाट परीक्षण हुन सक्ने भन्दै साउन ५ गते सर्वोच्चका रजिष्टारबाट भएको दरपिठ आदेश बदर गरिएको छ’ अदालतको आदेशमा भनिएको छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार पौडेलको भारतमा गरिएको उपचारमा लागेको ५५ लाख भन्दा बढी रकम भुक्तानी गर्न लागिएसँगै विवाद अदालतसम्म पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : विकास निर्माणमा बेथितिदेखि रवि थुनामुक्त नभएपछि रास्वपामा कमाण्डरको खोजीसम्म
-
दुई वर्षमा २७ किलोमिटर पदमार्ग निर्माण
-
गोर्खा कपको उपाधि नेपाल ड्रिम टिमलाई, १५ हजारभन्दा बढीको सहभागिता
-
१० बजे १० समाचार : भिजिट भिसा प्रकरणले संसद्मा हंगामा, गभर्नरविरूद्ध अर्को रिट
-
बुधबारदेखि काठमाडौँमा २२ औँ किम्फ महोत्सव सुरु हुँदै
-
कप्तान ऋषभ चम्किँदा बेंगलुरुसामु जितका लागि २ सय २८ रनको लक्ष्य